महादेवाको आठौ गाउँ सभा सम्पन्न 

राजविराज राजविराज
|
बिहिबार, आश्विन १८, २०८०
|
|
२१ पटक हेरिएको
Shares
महादेवाको आठौ गाउँ सभा सम्पन्न 

सारांश

  •     पालिकाले स्वच्छ समाजको मुल आधार, शिक्षा, कृषि तथा भौतिक विकाश एवम स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न गरेको हो ।
  •       पालिका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक वर्ष २०८०÷०८१ मा पालिकाको ६ वटै वडामा ८० लाखको दरले वजेट विनियोजन गरेको जानकारी दिए ।
  •       त्यस्तै कार्यक्रम सञ्चालन खर्च विषयगत शाखाको कार्यक्रम, प्रशासनिक, अतिआवश्यक योजना, कर्मचारीहरुको तलव, भत्तालगायत अन्य खर्च वापत ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँ वजेट विनियोजन गरिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ असोज । 

    सप्तरीको महादेवा गाउँपालिकाले विहीवार आठौ गाउँ सभा सम्पन्न गरेको छ । 
    पालिकाले स्वच्छ समाजको मुल आधार, शिक्षा, कृषि तथा भौतिक विकाश एवम स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न गरेको हो । 
    पालिका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक वर्ष २०८०÷०८१ मा पालिकाको ६ वटै वडामा ८० लाखको दरले वजेट विनियोजन गरेको जानकारी दिए । 
    त्यस्तै कार्यक्रम सञ्चालन खर्च विषयगत शाखाको कार्यक्रम, प्रशासनिक, अतिआवश्यक योजना, कर्मचारीहरुको तलव, भत्तालगायत अन्य खर्च वापत ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँ वजेट विनियोजन गरिएको बताए । 
    गाउँपालिकामा ९५ प्रतिशत कृषि पेशा अङ्गालेकोले कृषिमा लागेलाई आत्म निर्भर बनाउनको लागी विधुतीकरणमा ध्यान दिएको उल्लेख गरे । 
    सो कार्यक्रममा उपाध्यक्ष अर्चना कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा, कानुन ब्यवसायी केशव प्रसाद दास, वडाध्यक्ष जयश्वर किशोर दास, जागेश्वर ईसर, लोसपाका युवा नेता सुरेन्द्र यादव, शंकर राउत, हरि नारायण यादवलगायत शुभकामना मन्तब्य दिएका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?