रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 

राजविराज राजविराज
|
मंगलबार, माघ ९, २०८०
|
|
४६ पटक हेरिएको
Shares
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो 

सारांश

  •     सबल नेपाल र एमसिसी फाउन्डेशनको सहयोग र सप्तरी क्रिकेट संघको समन्वयमा संचालित माबि रायपुर र लालिगुराँस बिच भएको फाईनल खेलमा लालीगुरासलाई रायपुरले ४५ रनले पराजित गर्दै उपाधी चुमेको हो ।
  •     टस जितेर लालीगुराँसले रायपुरलाई ब्याटिंग दिएपछि रायपुरले २० ओभरमा ८ बिकेटको क्षतिका १ सय ४० रनको योगफल खडा गरेको थियो ।
  • जसमा शिव अधिकारीले १० चौकाको मदतले ६० रन, बिवेक दास १५, रोशन चौधरी र सुमन चौधरी १४÷१४ रनको योगदान दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 

    राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिताको उपाधी कंछुनरप्रताप माबि रायपुरले चुमेको छ । 
    सबल नेपाल र एमसिसी फाउन्डेशनको सहयोग र सप्तरी क्रिकेट संघको समन्वयमा संचालित माबि रायपुर र लालिगुराँस बिच भएको फाईनल खेलमा लालीगुरासलाई रायपुरले ४५ रनले पराजित गर्दै उपाधी चुमेको हो ।
    टस जितेर लालीगुराँसले रायपुरलाई ब्याटिंग दिएपछि रायपुरले २० ओभरमा ८ बिकेटको क्षतिका १ सय ४० रनको योगफल खडा गरेको थियो । जसमा शिव अधिकारीले १० चौकाको मदतले ६० रन, बिवेक दास १५, रोशन चौधरी र सुमन चौधरी १४÷१४ रनको योगदान दिएका थिए । बलिङतर्फ लाली गुराँसका आतित्य मण्डल र मोहम्मद सेराज २÷२ बिकेट र रोहन मण्डलले १ बिकेट लिएका थिए ।
    प्रतिउत्तरमा लाली गुराँसले १५ ओभर ३ बलमा सबै बिकेट गुमाएर ९५ रन मात्र बनाउन सकेको थियो । जसमा रोशन मण्डल २८, पप्पु यादब १६, रामकृष्ण मण्डल १५ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन । बलिङतर्फ कंछुनरप्रताप माबि रायपुरका बिवेक दास ४, सुमन चौधरी २, दिपु दास, दिपेन्द्र महेता र पंकज साहले १÷१ बिकेट हात पारेका थिए ।
    फाईनल खेलको प्लेयर अफ दि म्चाच शिव अधिकारी घोषित भएका थिए भने प्रतियोगिताका प्लेयर अफ दि सिरिज राजदेबी माबिका गोपाल मण्डल घोषित भए ।
    उक्त अवसरमा मधेश प्रदेश क्रिकेट संघ अध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादब, कंछुनरप्रताप माबि रायपुरका बिधालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गानन्द ठाकुर, प्रधानाध्यापक पँस्रशुराम यादब, धर्मेन्द्र चौधरी लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?