बालबालिकालाई पोशाक वितरण

राजविराज राजविराज
|
बिहिबार, माघ १८, २०८०
|
|
२१ पटक हेरिएको
Shares
बालबालिकालाई पोशाक वितरण

सारांश

  •     विहिबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्राथमिक विद्यालय को.
  • बर्साइन र राष्ट्रिय प्राथमिक विद्यालय कुशहा को.
  • बर्साइनका बालबालिकालाई गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल र वडा अध्यक्ष ललन प्रसाद राउतले पोशाक वितरण गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १८ माघ ।

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ को दुई विद्यालयमा बालबालिकालाई पोशाक वितरण गरिएको छ ।
    विहिबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्राथमिक विद्यालय को.बर्साइन र राष्ट्रिय प्राथमिक विद्यालय कुशहा को. बर्साइनका बालबालिकालाई गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल र वडा अध्यक्ष ललन प्रसाद राउतले पोशाक वितरण गरेका हुन् । 
    बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई सर्ट, पाइन्ट, स्वेटर, जुत्ता र मोजा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 
    सो अवसरमा गाउँपालिका अध्यक्ष मण्डलले बालबालिकालाई सिकाई उपलब्धी हासिल गर्न पोशाकले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताउँदै बालबालिकाको सिकाईप्रति अभिभावक पनि सचेत हुनु जरुरी रहेको उल्लेख गरे । 
    बालबालिकामा पोशाककै कारण विभेद नहोस् र एकरुपता कायम गर्न वडाको बजेटबाट बालबालिकालाई पोशाक वितरण गरिएको वडा नं. ५ का अध्यक्ष ललन प्रसाद राउतले बताए । उनले आफ्नो वडाको चार वटै विद्यालयका बालबालिकालाई पोशाक वितरणको कार्यक्रम राखिएको बताए ।
    राष्ट्रिय प्राथमिक विद्यालय को.बर्साइन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामनारायण पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, विद्यालयका प्रधानाध्यापक केदार पण्डित लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । 
    यसैगरी राष्ट्रिय प्राथमिक विद्यालय कुशहा को. बर्साइन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमाशंकर सिंंहको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रम अधिकृत राजेश कुमार झा, स्थानीय सुनिल कुमार सिंह, विद्यालयका प्रधानाध्यापक बालेश्वर साह सहितकाले मन्तब्य ब्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह