दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट दोषि ठहर भएर फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ खोजपुर बस्ने ५० वर्षिय शुभनारायण ठाकुर रहेको प्रहरीले जनाएको छ । सिरहाका एक व्यक्तिको अपहरणमा ठाकुरलाई अदालतले दोषि ठहर गर्दै २०७५ साल जेठ २० गते ९ वर्ष कैद सजाय तथा ५० हजार जरिवाना तोकेको थियो ।
सिरहा जिल्ला अदालतले सोको लगत सप्तरी जिल्ला अदालतलाई पठाएको थियो । सिरहा जिल्ला अदालतबाट उक्त मुद्दामा दोषि ठहर भएर फरार रहेका ठाकुरको खोजिकार्य व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन् ।
प्रहरीले गाँउ घरमा लुकिछिपि बसिरहेको अवस्थामा गोप्य सुचनाको आधारमा आइतबार पक्राउ गरेको जनाएको छ । ठाकुरलाई अदालतमा पेश गरिएपछि आदेशानुसार कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
अदालतबाट दोषि ठहर भई फरार रहेका ठाकुर पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ५ खोजपुर बस्ने ५० वर्षिय शुभनारायण ठाकुर रहेको प्रहरीले जनाएको छ ।
- सिरहाका एक व्यक्तिको अपहरणमा ठाकुरलाई अदालतले दोषि ठहर गर्दै २०७५ साल जेठ २० गते ९ वर्ष कैद सजाय तथा ५० हजार जरिवाना तोकेको थियो ।
- सिरहा जिल्ला अदालतले सोको लगत सप्तरी जिल्ला अदालतलाई पठाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया