सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 

राजविराज राजविराज
|
आइतबार, बैशाख १, २०७६
|
|
१८ पटक हेरिएको
Shares
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 

सारांश

  •     बिपद ब्यबस्थापन निर्देशानालय जंगी अडा काठमाडौ, भिमदल गण राजबिराजको आयोजनामा तथा राजबिराज नगरपालिका, तिलाठी कोईलाडी, बिष्णुपुर गाँउपालिका, रूपनी गाँउपालिका, छिन्मस्ता गाँउपालिका, केभिएस, सबल नेपालको संयोजनमा दैबिक प्रकोप तथा बिपद ब्यबस्थापन उक्त चार दिने तालिकमको आयोजना गरिएको थियो ।
  •     नेपाली सेनाले बिपद जोखिम न्युनिकरण राष्ट्रिय रणनीति कार्ययोजना अनुसार समुदायमा अधारित बिपद जोखिम न्युनिकरण प्रबद्र्धन अन्तर्गत स्थानिय बिपद प्रतिकार्य, खोज तथा उद्वार टोलीको गठनका लागि तालिमको आयोजना गरिएको बिपद ब्यबस्थापन निर्देशानालय जंगी अडाका अन्तर्गत बिपद ब्यबस्थापन कार्यको लागि नम्वर १ बिपद ब्यबस्थापन टोली मेजर जित बहादुर थापाले जानकारी दिएका छन् ।
  •     समुदायमा अधारित तालिम प्राप्त पूर्व अभ्यास क्रियाशिल स्वयमंसेवकहरूको प्रथम उद्वारक संयन्त्रको बिकास र क्षमता अभिबृद्वि गर्ने उदेश्यले समुदाय बिपद प्रतिकार्य योजना बमोजिम कार्यक्रमको आयोजना गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
    बिपदको पूर्व तथा आईसकेपछि अपनाउनु पर्ने साबधानी तथा त्यसको कृतिम अभ्यास सम्बन्धी नेपाली सेनाले सप्तरीका सम्पूर्ण स्थानिय तहका विपद् व्यवस्थापनका फोकल पर्सनलाई तालिम दिएको छ । 
    बिपद ब्यबस्थापन निर्देशानालय जंगी अडा काठमाडौ, भिमदल गण राजबिराजको आयोजनामा तथा राजबिराज नगरपालिका, तिलाठी कोईलाडी, बिष्णुपुर गाँउपालिका, रूपनी गाँउपालिका, छिन्मस्ता गाँउपालिका, केभिएस, सबल नेपालको संयोजनमा दैबिक प्रकोप तथा बिपद ब्यबस्थापन उक्त चार दिने तालिकमको आयोजना गरिएको थियो ।
    नेपाली सेनाले बिपद जोखिम न्युनिकरण राष्ट्रिय रणनीति कार्ययोजना अनुसार समुदायमा अधारित बिपद जोखिम न्युनिकरण प्रबद्र्धन अन्तर्गत स्थानिय बिपद प्रतिकार्य, खोज तथा उद्वार टोलीको गठनका लागि तालिमको आयोजना गरिएको बिपद ब्यबस्थापन निर्देशानालय जंगी अडाका अन्तर्गत बिपद ब्यबस्थापन कार्यको लागि नम्वर १ बिपद ब्यबस्थापन टोली मेजर जित बहादुर थापाले जानकारी दिएका छन् ।
    समुदायमा अधारित तालिम प्राप्त पूर्व अभ्यास क्रियाशिल स्वयमंसेवकहरूको प्रथम उद्वारक संयन्त्रको बिकास र क्षमता अभिबृद्वि गर्ने उदेश्यले समुदाय बिपद प्रतिकार्य योजना बमोजिम कार्यक्रमको आयोजना गरिएको थियो ।
    दैबिक प्रकोप तथा बिपद ब्यबस्थापन सम्बन्धमा ग िस्रएको तालिममा, नदिमा आउने बाढी, आकस्मिक बाढी, सम्मिश्रत बाढी, बाढी उद्वारमा साबधानी, बाढीको कारण उत्पन हुने प्रकोप सम्बन्धी सर्तक हुनका लागि प्रयोगात्मक प्रशिक्षण तथा कृतिम अभ्यासले ठुलो सहयोग पुग्ने निमित गणपति गिरीले बताए । बिपदको समयमा आईपर्ने समस्यालाई समाधान गर्न यस तालिमले ठुलो सहयोग पुग्ने बिश्वास लिएको निमित्त गणपति गिरीको भनाइ छ ।
    पानीको गहिराई र बाढीमा हुनसक्ने आक्रमक जिवहरूबाट जोगिनका लागी, पानीको बेग, पानीको छाल र दिशा, पानीको तामक्रम, पानी घुमेको स्थान उद्वारको तरीका वारेमा सहजिकरण गरिएको भिम दल गणका निमित गणपति कुशल गरीले जानकारी दिए ।
    रिच, रो, स्वमिंग, र टुविंग गरेर उद्वारमा सुरक्षित तरिका अपनाउन पर्ने विधि, बाढीमा डुबेको मानिस देख्ने बितिकै उपयुक्त तरिकाले तुरून्त पानीवाट बाहिर निकाली, कपडा निकाल्ने, खुकुलो पार्ने,, कृतिम श्वास दिने, होसमा आएपछि झोल खुवाउने, जस्ता तरिका वारेमा सहजिकरण गरेको थियो ।
    तालिम समापन कार्यक्रममा भिमदल निमित गणपति कुशल गिरी, मेजर अमरबहादुर थापा, बिपद ब्यबस्थापन निर्देशानालय नम्वर १ का मेजर जितबहादुर थापा, मध्यपृतना धारापानी धनुषा नेपाली सेना बिपद रेसक्यु मोवाईल टोलीका जमदार प्रकाश बसौला क्षेत्री, अमलदार नरबहादुर मगर,सिपाही डम्वर घर्ती, संतोष बहादुर सिँह ले सहजिकरण गरेका थिए ।
    तालिममा तिरहुत गाँउपालीका उपाध्यक्ष तिर्थमाया खंग, तिलाठीकोईलाडी बिपद ब्यबस्थापन शाखाका राजेश झा, रूपनी गाँउपालीका बिपद ब्यबस्थापन शाखाका मिथलेश यादब, राजबिराज नगरपालिका बिपद शाखाका उमेश यादब, ज्योतिष यादब समाजिक शाखाका रंजिता यादब, नेपाल पत्रकार महासंघ सह सचिव चन्दनकुमार यादब, सेभ द सप्तरीका भोगेन्द्र चौधरी, केभिएसका प्रबिण यादब, रामदेब यादबलगायतका बिपद क्षेत्रमा काम गर्ने संघ संस्थाका ३५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह