जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल

राजविराज राजविराज
|
शनिबार, आषाढ १, २०८१
|
|
१८ पटक हेरिएको
Shares
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल

सारांश

  •     उनले जसपासँग भावी दिनमा सहकार्य नगर्ने विषयमा अब बस्ने केन्द्रीय समितिको बैठकमा जोडदार रुपमा कुरा उठने बताए ।
  •       उनले उपेन्द्र यादव र काँगे्रस नेतृत्वले चाहेर पनि भविष्यमा जसपा नेपालसँग सहकार्य नहुने भन्दै यसबारे पार्टी भित्र पनि एउटा स्पष्ट विचार र धारणा बनिसकेको जनाए ।
  • संघीय र प्रदेश सरकार फरक फरक परिस्थितिमा बन्ने गरेकाले संघमा बन्ने गठबन्धन प्रदेशमा लादनु संघीयताका लागि घातक हुने उनको भनाइ छ ।

    राजविराज÷नेपाली काँग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी दिनमा जनता समाजवादी पार्टी (जसपा) नेपालसँग कुनै सहकार्य वा गठबन्धन हुन नसक्ने संकेत गरेका छन् । 
    शनिवार राजविराजस्थित नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा संचारकर्मीहरुसित कुरा गर्दै उनले यस्तो गरेका हुन् ।
    जसपा अध्यक्ष यादवले काँग्रेसले लगाएको सबै गुण विर्सेर हालै सो पार्टीको जनकपुरमा सम्पन्न महाधिवेशनमा काँग्रेसप्रति जुन दृष्टिकोण सार्वजनिक गरेको छ त्यो साह्रै आपत्तिजनक छ, नेता पौडेलले भने, “यसलाई हामीले बडो गम्भिरतापूर्वक लिएका छौ ।” 
    उनले जसपासँग भावी दिनमा सहकार्य नगर्ने विषयमा अब बस्ने केन्द्रीय समितिको बैठकमा जोडदार रुपमा कुरा उठने बताए । 
    उनले उपेन्द्र यादव र काँगे्रस नेतृत्वले चाहेर पनि भविष्यमा जसपा नेपालसँग सहकार्य नहुने भन्दै यसबारे पार्टी भित्र पनि एउटा स्पष्ट विचार र धारणा बनिसकेको जनाए । संघीय र प्रदेश सरकार फरक फरक परिस्थितिमा बन्ने गरेकाले संघमा बन्ने गठबन्धन प्रदेशमा लादनु संघीयताका लागि घातक हुने उनको भनाइ छ । 
    प्रतिनिधिसभा सदस्य समेत रहेका उनले संघीयता र नयाँ संविधान ल्याउने दलहरु नै अधिकार, संघीयता र संविधान कार्यान्वयन गर्ने सवालमा गतिशिलता र इच्छाशक्ति नदेखाउँदा आन्दोलनबाट आएको परिवर्तनको अनुभुति आम जनताले गर्न नपाइरहेको बताए । उनले वर्तमान सरकारलाई बोल्ने धेरै तर काम केही न नगर्ने सरकारको संज्ञा दिदै बोलेको कुरा पुरा गर्न समेत आग्रह गरे । सो अवसरमा नेपाली काँगे्रस सप्तरीका  सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाउरा बाँड्दै नगरपालिका
दाउरा बाँड्दै नगरपालिका
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
भ्रामक प्रचार प्रसार गर्दै डिलर ठग्दै प्रमुख डिलर
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास
आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन