दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
प्रसिद्ध शक्तीपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर समितीको नियमित कामकाजमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो गरिएको छ ।
बिहीवार मन्दिरका पिठाधिश महाकान्त ठाकुर तथा छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिका सचिव बाबु नारायण मण्डलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो गुनासो गरेका हुन् ।
जनआस्थाको केन्द्र रहेको मन्दिरमा केही दिन यता केही ब्यक्तीहरुले विभिन्न गुट, उपगुट बनाई पुजारी तथा समितिका पदाधीकारीहरुमाथी अनावश्यक दवाव दिने, निर्णयहरुमा हस्तक्षेप गर्ने, अमर्यादित ब्यवहार गर्ने र धाकधम्की समेत दिएर तर्साउन खोज्ने लगायतका गतिवीधी हुन थालेको विज्ञप्तीमा उल्लेख छ ।
केही ब्यक्तीले आफ्नो स्वार्थपुर्तीका लागी मन्दिर जस्तो पवित्र स्थललाई पनि राजनीतिको अखडा बनाउन खोजेको दोषारोपण सहित विज्ञप्ती मार्फत यसबारे पालिकाका सबै सचेत नागरिकले चासो राख्नु पर्ने र त्यस्ता प्रवृतिका व्यक्तीलाई निरुत्साहित पार्न सहयोगका लागी आग्रह समेत गरिएको छ ।
विज्ञप्तीमा मन्दिर समितिका नयाँ विधान निर्माण गरी दर्ता प्रकृयाका लागी जिल्ला प्रशासन कार्यालयमा बुझाइ सकिएको र सो प्रकृयामा सघाउन समेत सम्पुर्ण गाउँवासीलाई आग्रह गरिएको छ ।
छिन्नमस्ता मन्दिरमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो
सारांश
- बिहीवार मन्दिरका पिठाधिश महाकान्त ठाकुर तथा छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिका सचिव बाबु नारायण मण्डलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो गुनासो गरेका हुन् ।
- जनआस्थाको केन्द्र रहेको मन्दिरमा केही दिन यता केही ब्यक्तीहरुले विभिन्न गुट, उपगुट बनाई पुजारी तथा समितिका पदाधीकारीहरुमाथी अनावश्यक दवाव दिने, निर्णयहरुमा हस्तक्षेप गर्ने, अमर्यादित ब्यवहार गर्ने र धाकधम्की समेत दिएर तर्साउन खोज्ने लगायतका गतिवीधी हुन थालेको विज्ञप्तीमा उल्लेख छ ।
- केही ब्यक्तीले आफ्नो स्वार्थपुर्तीका लागी मन्दिर जस्तो पवित्र स्थललाई पनि राजनीतिको अखडा बनाउन खोजेको दोषारोपण सहित विज्ञप्ती मार्फत यसबारे पालिकाका सबै सचेत नागरिकले चासो राख्नु पर्ने र त्यस्ता प्रवृतिका व्यक्तीलाई निरुत्साहित पार्न सहयोगका लागी आग्रह समेत गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया