राजविराज÷राजविराजको मुटुमै रहेको ऐतिहासिक तथा धार्मिक महत्वको चण्डेश्वरी भगवती मन्दिर तथा मन्दिरको छेउमा रहेको भगवती पोखरीको रुप फेरिदै छ ।
मन्दिर र पोखरी अहिले मर्मत–सम्भार भई नयाँ रुपमा परिणत हुने क्रममा छ । प्रदेश सभा सदस्य किरण कुमारी साह तथा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परविनले विशेष चासो राख्दै मर्मत सम्भार र सौन्दर्यकरणका लागि क्रमशः आप्mनो संसदीय विकास कोष र नगरपालिकाबाट बजेट उपलब्ध गराएपछि उक्त मनिदर र पोखरीको रुप फेरिदै छ ।
प्रदेश सभा सदस्य साहले पटक पटक गरी उक्त मन्दिर र पोखरी सौन्दर्यकरणका लागि हाल सम्म आप्mनो संसदीय विकास कोषबाट करिब ६० लाख रुपैया उपलब्ध गराई सकेकी छिन् ।
यस्तै कार्यवाहक नगरप्रमुख परविनले नगरपालिकाबाट पहिलो चरणमा ५० लाख रुपैया उपलब्ध गराइएकी छिन् । दुवै जनाले अहिले सम्म उपलब्ध बजेटबाट भगवती मन्दिर र पोखरीको सौन्दर्यकरण थालनी गरेर आगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने बजेटले थप सौन्दर्यकरण कार्य गरिने प्रतिबद्घता समेत जनाएक छिन् ।
प्रदेश सभा सदस्य साह आप्mनो संसदीय विकास कोषको बजेटबाट मन्दिर र पोखरी प्रव्ेश गर्ने दुईवटा मार्गमा प्रवेशद्वार तथा पोखरीको एक भागमा पुजाघाट निर्माण गराएकी छिन् । प्राचिन एवं धार्मिक महत्वको स्थल संरक्षण र सम्बद्र्घनको अभावमा जिर्ण बन्न लागेकाले आफुले विशेष चासो देखाएको उनको कथन छ ।
यता राजविराज नगरपालिकाले उक्त मन्दिर र पोखरीको सौन्र्यकरणका लागि ५० लाख रुपैयाको बजेट विनियोजन गरेको छ । आवश्यकता अनुसार आगामी वर्षमा समेत बजेट थपिने कार्यवाहक नगरप्रमुख ईसरत परविन बताउछिन् ।
नगरपालिकाले छुटयाएको बजेटबाट अहिले उक्त मन्दिर र पोखरीमा रंगरौगन, चारैतिर बृक्षारोपण, शौचालय र पर्खाल निर्माणको काम सकिएको छ । यस्तै पोखरीको चारैतिर विद्युतीकरण जडान र पर्खालका भित्ताहरुमा विभिन्न देवी देउता तथा धार्मिक र सांस्कृतिक महत्वका कलात्मक चित्रहरु कोर्ने र आकर्षक रुपमा सजाउने काम धमाधम भईरहेको कार्यवाहक नगरप्रमुख परविनको भनाई छ ।
ऐतिहासिक भगवती मन्दिर र पोखरीको रुप फेर्दै
सारांश
- यस्तै कार्यवाहक नगरप्रमुख परविनले नगरपालिकाबाट पहिलो चरणमा ५० लाख रुपैया उपलब्ध गराइएकी छिन् ।
- दुवै जनाले अहिले सम्म उपलब्ध बजेटबाट भगवती मन्दिर र पोखरीको सौन्दर्यकरण थालनी गरेर आगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने बजेटले थप सौन्दर्यकरण कार्य गरिने प्रतिबद्घता समेत जनाएक छिन् ।
- प्रदेश सभा सदस्य साह आप्mनो संसदीय विकास कोषको बजेटबाट मन्दिर र पोखरी प्रव्ेश गर्ने दुईवटा मार्गमा प्रवेशद्वार तथा पोखरीको एक भागमा पुजाघाट निर्माण गराएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया