दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
सप्तरीको तीन छुट्टाछुट्टै स्थानबाट भन्सार छली ल्याइएको करिब २५ लाख मुल्य बराबरको कपडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अबैधरुपमा कपडा ल्याउन प्रयोग गरिएको कार र मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । ती सवारीलाई प्रहरीले राजविराज भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरीले जिल्लाको बोदेबरसाईन नगरपालिका ५ शत्रुघन चौकबाट २१ लाख १३ हजार १ सय मुल्य बराबरको भन्सार छली भारतबाट ल्याइएको रेडिमेड कपडा र साडी बरामद गरेको छ ।
उक्त अबैध कपडा लोड गरेको प्र.०३–०१–०२३ च. ८०२५ नम्बरको कार र सप्तरीको खडक नगरपालिका ८ वस्ने २५ चालक सनावुल मियाँलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
यस्तै प्रहरीले राजविराज नगरपालिका ६ स्थित सखडा रोड मोडबाट भारतबाट अबैधरुपमा स.८प.५२५३ नम्बरको मोटरसाइकलमा तीन वटा बोरामा लोड गरी ल्याउदै गरेको रेडिमेड कपडा र साडी बरामद गरेको छ ।
मोटरसाइकलमा उक्त समान ल्याउने सप्तरीको रुपनी गाउपालिका ५ का २६ वर्षिय चुनचुन यादव र राजगढ गाउँपालिका २ का २८ वर्षिय संजय साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद कपडाको ३ लाख ९ हजार ६ सय रुपैया मुल्याँकन गरिएको छ ।
यस्तै सोमबारै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २७ हजार मुल्य बराबरको कपडा बरामद गरेको छ ।
बरामद समान र अवैध ओसारपोसारमा प्रयोग गरिएका गाडीहरुसहित तीनै जनालाई आवश्यक कारवाहीका लागी राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
तिहार र छठ पर्व नजिकिएसँगै भारतीय सीमा क्षेत्रसँग जोडिएको पालिकामा तस्करको चलखेल बढेपछी प्रहरीले सुराकी परिचालन गरी निगरानी बढाएको हो ।
भन्सार छली ल्याइएको २५ लाख मुल्य बराबरको कपडासहित तीन पक्राउ, बरामद कार र मोटरसाइकल भन्सार चलान
सारांश
- अबैधरुपमा कपडा ल्याउन प्रयोग गरिएको कार र मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
- ती सवारीलाई प्रहरीले राजविराज भन्सार कार्यालयमा बुझाएको छ ।
- प्रहरीले जिल्लाको बोदेबरसाईन नगरपालिका ५ शत्रुघन चौकबाट २१ लाख १३ हजार १ सय मुल्य बराबरको भन्सार छली भारतबाट ल्याइएको रेडिमेड कपडा र साडी बरामद गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया