वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
६९ पटक हेरिएको
Shares
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  

सारांश

  • नेपाल वीमा प्राधिकरण मधेश प्रदेशको आयोजनामा पत्रकारहरुसँग आयोजित अन्तरक्रियामा कार्यालका प्रमुख प्रिती देवले थोरै आय भएका ब्यक्तीहरुलाई पनि वीमामा कसरी सहभागी गराउन सकिन्छ भन्ने सोचका साथ प्राधिकरणले काम गरिरहेको बताइन् ।
  •   उनले नयाँ वीमा नियमावली आउने क्रममा रहेको बताउँदै उक्त नियमावली नआउन्जेलसम्म वीमा सम्बन्धि नियमावली २०४९ अनुसार नै काम गरिने बताईन ।
  •   वीमाले अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार गर्न समेत सहज हुने बताउँदै यसका लागि सचेतना फैलाउने उदेश्यले पनि यस्तो कार्यक्रम आयोजना गरिएको उल्लेख गरिन् ।

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 

वीमा योजनालाई गाउँ÷गाउँमा पु¥याउने र थोरै आय भएका ब्यक्तीलाई पनि वीमामा जोड्ने लगायतका विषयमा बिहीबार अन्तरक्रिया गरिएको छ । 
नेपाल वीमा प्राधिकरण मधेश प्रदेशको आयोजनामा पत्रकारहरुसँग आयोजित अन्तरक्रियामा कार्यालका प्रमुख प्रिती देवले थोरै आय भएका ब्यक्तीहरुलाई पनि वीमामा कसरी सहभागी गराउन सकिन्छ भन्ने सोचका साथ प्राधिकरणले काम गरिरहेको बताइन् । 
उनले नयाँ वीमा नियमावली आउने क्रममा रहेको बताउँदै उक्त नियमावली नआउन्जेलसम्म वीमा सम्बन्धि नियमावली २०४९ अनुसार नै काम गरिने बताईन । 
वीमाले अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार गर्न समेत सहज हुने बताउँदै यसका लागि सचेतना फैलाउने उदेश्यले पनि यस्तो कार्यक्रम आयोजना गरिएको उल्लेख गरिन् ।
प्राधिकरणले वीमा कम्पनीहरुलाई नियमको परिधी भित्र रहेर काम गरे÷नगरेको अनुगमन गर्ने समेत अधिकार राख्ने बताउदै उनले पद्धती मिचेर काम गर्ने विमा कम्पनीहरुलाइ कारवाही पनि गर्न सक्ने उल्लेख गरिन । 
वीमा सबैका लागी अत्यावश्यक रहेको दाबीका साथ उनले बिमा गर्दा कम्पनीको बैद्यता रहे÷नरहेको, प्राधिकरणमा दर्ता भए÷नभएको लगायतका विषयमा पूर्ण जानकारी लिएर मात्र वीमा गराउन उनले आग्रह गरिन । 
पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्राधिकरणको मधेश प्रदेश कार्यालयका सहायक निर्देशक रोमिला शर्माले पनि सञ्चारकर्मीहरुको विभिन्न जिज्ञासाको जवाफ दिएकी थिइन । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
पिएम कपमा डाक्नेश्वरी बिजयी
पिएम कपमा डाक्नेश्वरी बिजयी
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव
प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
लिटिल एन्जललाई विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि
लिटिल एन्जललाई विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका  लागि सुरक्षित भवन निर्माण हुँदै
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण