दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
तराई मधेश महिला फाउण्डेशन नेपालले हालै सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनमा तीनै तहमा निर्वाचित भएका पदाधीकारीहरुलाई सम्मान गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी नवनिवार्चित जिल्ला कार्य समिती, प्रदेश र केन्द्रीय पार्षद तथा केन्द्रीय सदस्यलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी फाउण्डेशनकी अध्यक्ष सुनिता साह “क्रान्ति”ले पत्रकार महासंघका निर्वाचित पदाधीकारीहरुलाई दोसल्ला तथा उपहारबाट सम्मान गरेकी हुन ।
कार्यक्रममा प्रमुख अतिथि फाउण्डेशनकी अध्यक्ष साहले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिँदै पत्रकारहरुले महिला शसक्तिकरणका लागि अझ सशक्त रुपमा कलम चलाउनु पर्नेमा जोड दिइन् । सो अवसरमा महासंघका अध्यक्ष श्रवणकुमार देवले सम्मानसँगै आफूहरुको जिम्मेवारी बढ्दै गएको बताउँदै समाज उत्थानका लागि आफूहरुले कलम मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
सारांश
- बुधबार एक कार्यक्रमको आयोजना गरी नवनिवार्चित जिल्ला कार्य समिती, प्रदेश र केन्द्रीय पार्षद तथा केन्द्रीय सदस्यलाई सम्मान गरिएको हो ।
- कार्यक्रमका प्रमुख अतिथी फाउण्डेशनकी अध्यक्ष सुनिता साह “क्रान्ति”ले पत्रकार महासंघका निर्वाचित पदाधीकारीहरुलाई दोसल्ला तथा उपहारबाट सम्मान गरेकी हुन ।
- कार्यक्रममा प्रमुख अतिथि फाउण्डेशनकी अध्यक्ष साहले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिँदै पत्रकारहरुले महिला शसक्तिकरणका लागि अझ सशक्त रुपमा कलम चलाउनु पर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया