दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
शम्भुनाथ नगरपालिका ३ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल शम्भुनाथ मन्दिर छेउछाउका जग्गा अतिक्रमण गरेर बनाइएका संरचरनाहरु शम्भुनाथ नगरपालिकाले बिहीबार भत्काएको छ ।
उक्त मन्दिर छेउछाउका सार्वजनिक एवं सडकको जग्गा समेत अतिमक्रमण गरेर बनाईएका घर टहरा डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका संरचनाहरु हटाउन पटक–पटक लिखित र मौखिक आग्रह गर्दापनि अटेर गरेको पाईएपछि पालिकाले ती संरचना भत्काउन सुरु गरेको शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले बताए ।
सार्वजनिक जग्गामा बनाईएका टहरा हटाउन नगरपालिकाले ८ महिना यता ३५, १५ र ७ दिनको सूचना पटक पटक जारी गरिएको तथा अन्तिम पटक दिईएको म्याद चैत ४ गते सकिएको उनले बताए ।
धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको उक्त मन्दिरकै नामबाट शम्भुनाथ नगरपालिका नामांकरण गरिएको बताउँदै उनले मन्दिर क्षेत्रलाई व्यवस्थि गर्न पनि यस्तो अभियान शुरु गरिएको जानकारी दिए ।
उनले अतिक्रमित जग्गा खाली गराई मन्दिर क्षेत्रलाई व्यवस्थित गर्दै मन्दिरको सौन्दर्यकरण गर्ने काम पनि केही दिन भित्रै सुरु गर्ने गरि टेण्डर प्रक्रिया पनि अघि बढि सकिकेको बताए ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरी, वडाध्यक्ष नवीन कुमार चौधरी, विजय साह, जामुन प्रसाद चौधरी, ट्राफिक प्रहरी प्रमुख रामबालक राय यादव, नेपाल प्रहरीका असई उपेन्द्र यादव, सशस्त्र प्रहरीका असई श्रवण कुमार मंडलका साथै ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थितिमा पहिलो दिन १७ वटा घर टहरा भत्काईएको प्रमुख प्रशासकीय अधिकृत सोनुले जानकारी दिए ।
उक्त ऐतिहासिक मन्दिरमा प्रत्येक नयाँ बर्षको अवसरमा बैशाख १ देखि एक महिना लामो मेला लाग्दै आएको छ । मन्दिरको प्राङ्गणमा लाग्ने यो मेला भर्न स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका लाखौं तिर्थयात्रीहरु आउने गरेका छन् । तर, अतिक्रमणले समस्या हुँदै आएकाले मन्दिरको संरक्षण र सम्वद्र्धन गर्ने र मेलालाई पनि व्यवस्थित गर्ने उद्देश्यले यस्तो कदम चालिएको कार्यवाहक नगर प्रमुख चौधरीको भनाई छ ।
मन्दिर आसपासका मात्र नभई नगरको अन्य जग्गा तथा सडक मिचेर बनाईएका टहरा पनि क्रमशः हटाईने योजना रहेको नगरपालिकाले जनाएको छ ।
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै
सारांश
- उक्त मन्दिर छेउछाउका सार्वजनिक एवं सडकको जग्गा समेत अतिमक्रमण गरेर बनाईएका घर टहरा डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।
- सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका संरचनाहरु हटाउन पटक–पटक लिखित र मौखिक आग्रह गर्दापनि अटेर गरेको पाईएपछि पालिकाले ती संरचना भत्काउन सुरु गरेको शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले बताए ।
- सार्वजनिक जग्गामा बनाईएका टहरा हटाउन नगरपालिकाले ८ महिना यता ३५, १५ र ७ दिनको सूचना पटक पटक जारी गरिएको तथा अन्तिम पटक दिईएको म्याद चैत ४ गते सकिएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया