दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरीको रुपनी गाउँपालिकामा बुधबार एक पोखरीबाट निकालिएको माछा प्रहरी र जनप्रतिनिधि कै अगाडीबाट लुटिएको छ ।
अदालतको आदेश कार्यान्वयन गर्न पुगेका प्रहरी र जनप्रतिनिधि कै अगाडी पोखरीबाट निकालिएको झण्डै दुई लाख मुल्य बराबरको माछा लुटिएको हो ।
रुपनी गाउँपालिका ३ कटैयास्थित धामी पोखरीबाट १ लाख ९० हजार मुल्य बराबरको करिब ६ सय किलो माछा लुटपाट भएको छ ।
उक्त पोखरी गाउँपालिका सार्वजनिक र स्थानीय एक पक्षले निजि भएको दाबी गर्न थालेपछी सो विवाद अदालत पुगेको थियो । सप्तरी जिल्ला अदालतले पोखरी विवादको अन्तिम किनारा नलागुञ्जले पोखरीमा रहेको माछा बिक्रि गरि प्राप्त आम्दानी गाउँपालिकाको राजश्व खातामा जम्मा गर्न आदेश दिएको थियो ।
सो वडाका इनरदेव चौधरी धामीले पुर्खौदेखी आफूहरुले हकभोग र रेखदेख तथा संरक्षण गर्दै आएको उक्त पोखरी आफूहरु कै परिवारको रहेको दाबी गर्दै आएका थिए । तर वडा कार्यालयले उक्त पोखरी निजि नभई सार्वजनिक भएको दाबी गर्दै आएको थियो ।
अदालतकै आदेश कार्यान्वयनका लागि पत्थरगाढा प्रहरी चौकीका असई बैजु यादव, वडाअध्यक्ष अमरलाल मुखिया सुरक्षाकर्मीसहित पोखरी पुगेको बेला उनीहरुकै उपस्थितिमा पोखरीबाट झण्डै ६ सय किलो माछा बाहिर निकालिएको थियो । तर एक्कासी आएको गाउँलेहरुको एक भिडले ती सबै माछा लुटेर लगेको प्रहरीको भनाई छ ।
प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले अचानक ठूलो संख्यामा आएको समूहले माछा लुटपाट गरेको र सो बारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
सारांश
- अदालतको आदेश कार्यान्वयन गर्न पुगेका प्रहरी र जनप्रतिनिधि कै अगाडी पोखरीबाट निकालिएको झण्डै दुई लाख मुल्य बराबरको माछा लुटिएको हो ।
- रुपनी गाउँपालिका ३ कटैयास्थित धामी पोखरीबाट १ लाख ९० हजार मुल्य बराबरको करिब ६ सय किलो माछा लुटपाट भएको छ ।
- उक्त पोखरी गाउँपालिका सार्वजनिक र स्थानीय एक पक्षले निजि भएको दाबी गर्न थालेपछी सो विवाद अदालत पुगेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया