प्रदेश सांसद साह भारतमा सम्मानित

राजविराज राजविराज
|
बिहिबार, बैशाख १८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
प्रदेश सांसद साह भारतमा सम्मानित

सारांश

  •     उनलाई “समाज सेवा सम्मान २०२५” बाट सम्मानित गरिएको हो ।
  • दाइजो बिनाको आदर्श विवाह गर्न प्रोत्साहन, महिला सशक्तिकरण, समाज रुपान्तरण तथा सामुहिक आदर्श विवाह सम्मेलनलाई सफल बनाउन गरेको योगदानको उच्च कदर गर्दै सांसद साहलाई सम्मान गरिएको आयोजक मध्यप्रदेश तैलीक साहु महासभाका राष्ट्रय अध्यक्ष श्रीमती आभा साहुले जानकारी दिईन ।
  •       कार्यक्रमका मुख्य अतिथि समेत बनाइएकी मधेश प्रदेशका सांसद साहलाई मध्यप्रदेशका राज्यमन्त्री नरेन्द्र शिवाजी पटेल, पूर्व मन्त्री रामपाल सिंह मध्यप्रदेशका विद्यायक रामनिवास जी, देवेन्द्र पटेल, साहु समाजका प्रदेश अध्यक्ष ताराचन्द्र साहु लगायतले मुकुट दोसल्ला तथा समाज सेवा सम्मान २०२५ बाट सम्मानित गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 

    भारतको मध्यप्रदेशस्थित सियरमउमा बिहीवार साहु समाज समितिद्धारा आयोजना गरिएको ३८औं साहु समाज निःशुल्क सामुहिक आदर्श विवाह सम्मेलनमा प्रदेश सांसद किरण कुमारी साह सम्मानित भएकी छिन् । 
    उनलाई “समाज सेवा सम्मान २०२५” बाट सम्मानित गरिएको हो । दाइजो बिनाको आदर्श विवाह गर्न प्रोत्साहन, महिला सशक्तिकरण, समाज रुपान्तरण तथा सामुहिक आदर्श विवाह सम्मेलनलाई सफल बनाउन गरेको योगदानको उच्च कदर गर्दै सांसद साहलाई सम्मान गरिएको आयोजक मध्यप्रदेश तैलीक साहु महासभाका राष्ट्रय अध्यक्ष श्रीमती आभा साहुले जानकारी दिईन । 
    कार्यक्रमका मुख्य अतिथि समेत बनाइएकी मधेश प्रदेशका सांसद साहलाई मध्यप्रदेशका राज्यमन्त्री नरेन्द्र शिवाजी पटेल, पूर्व मन्त्री रामपाल सिंह मध्यप्रदेशका विद्यायक रामनिवास जी, देवेन्द्र पटेल, साहु समाजका प्रदेश अध्यक्ष ताराचन्द्र साहु लगायतले मुकुट दोसल्ला तथा समाज सेवा सम्मान २०२५ बाट सम्मानित गरेका छन् । 
    साहु समाजका १२ हजार भन्दा बढी अगुवाहरुको उपस्थितिमा भएको सामुहिक आदर्श विवाह सम्मेलनमा आर्थिक अभावका कारण विहेमा समस्या भएका ३५ जोडीको सामुहिक रुपमै आदर्श विवाह गराइएको छ । सामुहिक विवाहमा सहभागि भएका जोडीलाई आयोजक संस्थाकै खर्चमा बाजागाजा सहित परिक्रमा पश्चात कार्यक्रम स्थलमा सामुहिक विवाह गराइएको छ । उक्त सम्मेलनमा नवविवाहिता जोडीका अभिभावक र आफन्तहरुलाई समेत निःशुल्क भोजनको व्यवस्था गरिएको थियो । 
    सम्मेलनमा समाजका प्रदेश अध्यक्ष ताराचन्द्र साहु, वरिष्ठ उपाध्यक्ष सिवदयाल सिमैरया लगायतले पनि शुभकामना दिदै यस्ता विवाहले समाजमा व्याप्त दाईजो प्रथा अन्त्यका लागि मद्दत पुर्याउने विश्वास व्यक्त गरेका थिए । उक्त संस्थाले विगत ३८ वर्षदेखि लगातार सम्मेलनको आयोजना गरी आर्थिक रुपमा पछाडि परेका तथा उमेर पुगेका युवा युवतीलाई भेला गराई सामुहिक रुपमा आदर्श विवाह गराउँदै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी पीडितको समस्या  समाधानका लागि प्रक्रिया सुरु 
कोशी पीडितको समस्या  समाधानका लागि प्रक्रिया सुरु 
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
बाल शिक्षक तथा कर्मचारीद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आजदेखी राजविराज नगरपालिकाको मूल गेटमै धर्ना दिने
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा प्रदेश २ बिजयी
सबै प्रक्रिया पुरा गरे पनि  नगरपालिकाले म माथि अन्याय गर्दैछ ः लोसपा नेता ठाकुर
सबै प्रक्रिया पुरा गरे पनि  नगरपालिकाले म माथि अन्याय गर्दैछ ः लोसपा नेता ठाकुर
छिमेकीको आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु
छिमेकीको आक्रमणबाट गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते 
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते 
लिटिल एन्जेल फाईनलमा प्रवेश
लिटिल एन्जेल फाईनलमा प्रवेश