दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका ८ वटै जिल्लाका नेपाल पत्रकार महासंघलाई आ.ब. २०८२÷८३ को बजेटमार्फत बजेट बिनियोजन गरि सहयोग गर्ने भएको छ ।
प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेशका ८ वटै जिल्लाको पत्रकार महासंघको कार्यालय संचालनका लागि बजेट बिनियोजन गर्ने जानकारी दिएका हुन् ।
“८ वटै जिल्लाका नेपाल पत्रकार महासंघको कार्यालय संचालनका लागि पहिलो पटक बजेट बिनियोजन गर्न लागिएको छ ।” मन्त्री लेखीले भने, “आउँदो आर्थिक वर्षमा ती सबै शाखाहरुका लागि बजेट मार्फत कम्तिमा ५÷५ लाखको दरले रकम बिनियोजन गरिदैछ ।”
उनले भने, “कतिपय महासंघको कार्यालय संचालनमा बजेटकै अभावले नियमित कार्य गर्न कठिनाई भइरहेको छ, सो अवस्था आउन नदिन मैले प्रदेश सरकारबाट थोरै भएपनि बजेट राख्न पहल गरेको हुँ ।”
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु, उनीहरुको दुःख, कष्टमा थोरै भएपनि सहयोग गर्नेतर्फ लागिपरेको छु ।” मन्त्री लेखीले राजविराज दैनिकसँग कुराकानी गर्दै भने– पत्रकारिता क्षेत्रको बृद्धि, विकासका लागि म कटिबद्ध छु ।”
यसअघि मन्त्री लेखीकै प्रयासमा यस वर्षको गणतन्त्र दिवसको अवसरमा पहिलो पटक मधेश प्रदेशका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
“गणतन्त्र स्थापनाका लागि संचारकर्मीहरुको योगदानको कदर गर्दै प्रदेश सरकारले सम्मान गरेको हो । उनले भने, “यस बाहेक प्रदेश सरकारले संचारकर्मीहरुको जिवन वीमाका लागि पनि आगामी बजेटमा रकम बिनियोजन गर्दैछ ।”
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
सारांश
- प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेशका ८ वटै जिल्लाको पत्रकार महासंघको कार्यालय संचालनका लागि बजेट बिनियोजन गर्ने जानकारी दिएका हुन् ।
- “८ वटै जिल्लाका नेपाल पत्रकार महासंघको कार्यालय संचालनका लागि पहिलो पटक बजेट बिनियोजन गर्न लागिएको छ ।
- ” मन्त्री लेखीले भने, “आउँदो आर्थिक वर्षमा ती सबै शाखाहरुका लागि बजेट मार्फत कम्तिमा ५÷५ लाखको दरले रकम बिनियोजन गरिदैछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया