दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ५ मा सोमबार विद्युतीकरण कार्य सम्पन्न भएको छ ।
गत आर्थिक वर्षदेखी नै “उज्याला क्रान्ति” को नाम दिएर गाउँपालिका अध्यक्ष दयानन्द गोइतले थालेका विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । सो वडामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गोइतले बत्ति बालेर बिद्युतीकरणको शुभारम्भ गरे ।
साविकको रामनगर गाविस हाल बलान विहुल गाउँपालिका वडा नं. ५का ५ सय घरपरिवारले सोमबारदेखी बत्तिको उज्यालो पाएका छन् । चालु आर्थिक वर्षमै बाँकी रहेको एउटा वडाको दुई टोलमा बाँकी रहेको विद्युतीकरणको काम सम्पन्न गरेर गाउँपालिकालाई विद्युतीकरण घोषणा गरिने जनाइएको छ ।
जिल्लाको अति दुर्गम र विकासबाट बञ्चित रहेको उक्त गाउँपालिकामा गत आर्थिक वर्षदेखी द्रुत गतिमा बिकासीय कार्यलाई अगाडी बढाइरहेको अध्यक्ष गोइतले बताए । यस्तै सो गाउँपालिकामा सडक बिस्तारको कार्य समेत सम्पन्न भइसकेको छ ।
बिजुली बत्ति र सडक विस्तारमा गाउँपालिकाले अधिंकाश बजेट बिनियोजित गरेर जनतालाई विकासको अनुभूती गराएको छ ।
रामनगरका ५ सय परिवारले बल्ल बत्ति बाल्न पाए
सारांश
- गत आर्थिक वर्षदेखी नै “उज्याला क्रान्ति” को नाम दिएर गाउँपालिका अध्यक्ष दयानन्द गोइतले थालेका विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ ।
- सो वडामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गोइतले बत्ति बालेर बिद्युतीकरणको शुभारम्भ गरे ।
- साविकको रामनगर गाविस हाल बलान विहुल गाउँपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया