सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव

राजविराज राजविराज
|
बुधबार, श्रावण १४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव

सारांश

  •     सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो आग्रह गरेका हुन् ।
  •       “चुरे विनाशका कारण मधेशका अन्नदाता किसान अहिले आफै त्राहिमाम अवस्थामा छन्, उनले भने–“चुरे विनाशले गर्दा उत्पन्न जल संकट नै त्यसको प्रमुख कारण हो ।
  • ”     अन्तराष्ट्रिय संस्था युनेस्कोले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको संकट आउने भनी सचेत गराएको सुनाउँदै नेता यादवले त्यस विपरीत सरकारले गलत नीति अख्तियार गरि चुरेको दोहन जारी राख्दा अहिलेको संकट आएको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, १४ साउन । 

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वनविनास, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेशमा भू–माफियाहरुलाई अवैध बसोवास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन आग्रह गरेका छन् । 
    सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले यस्तो आग्रह गरेका हुन् । 
    “चुरे विनाशका कारण मधेशका अन्नदाता किसान अहिले आफै त्राहिमाम अवस्थामा छन्, उनले भने–“चुरे विनाशले गर्दा उत्पन्न जल संकट नै त्यसको प्रमुख कारण हो ।”
    अन्तराष्ट्रिय संस्था युनेस्कोले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको संकट आउने भनी सचेत गराएको सुनाउँदै नेता यादवले त्यस विपरीत सरकारले गलत नीति अख्तियार गरि चुरेको दोहन जारी राख्दा अहिलेको संकट आएको आरोप लगाए । 
    चुरे क्षेत्रको विनाश र त्यसकै नजिकबाट राजमार्ग निर्माण गरि बसोवासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलश्रोतको मुख्य आधारका रुपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाई थियो । 
    अधिवेशनलाई सम्बोधन गर्दै उनले भूमि सम्बन्धी विधेयक फिर्ता नलिईए जनविद्रोह गर्ने चेतावनी समेत दिए ।् जनसंख्याको आधारमा बजेट ल्याउन माग गर्दै उनले भने ‘४० प्रतिशत जनसंख्यालाई ८९ प्रतिशत र मधेशको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, यो भन्दा ठूलो विभेद के हुनसक्छ ।’ जबर्जस्ती लादिएको संविधानले देशको हित नहुने भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले गलत संविधानकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्था पनि बदनाम भएको दावी गरे ।
    प्रदेशलाई अझैं पनि अधिकार नदिएका कारण अपेक्षा अनुसार जनताको काम गर्न नसकेको बताउँदै जसपा अध्यक्ष यादवले भने ‘प्रदेश सरकारलाई न त अधिकार दिएको छ, न पुलिस छ न कर्मचारी, प्रदेशहरुलाई अधिकारविहिन बनाईएको छ ।’
    पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेकपा माओवादीका केन्द्रिय सदस्य सूर्यनाथ यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डम्बर साह, लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झा, जनमत पार्टीका जिल्ला ईञ्चार्ज रामगमन साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मधेश प्रदेशका प्रवक्ता मनोज कुमार मण्डल, जसपा नेपालका मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरे ।
    कार्यक्रमको बीच बीचमा सप्तरीको मलेठ घटनाका सहिद परिवारलाई सम्मान तथा पार्टीको पक्षमा प्रचारात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । 
    पार्टीको जिल्ला अधिवेशन साउन १४, १५ र १६ गते गरि तीन दिनसम्म चल्ने जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन् । अध्यक्ष पदकालागि हालका अध्यक्ष केदार यादव, उपाध्यक्ष उमेश प्रसाद यादव र हरेराम यादव चर्चामा छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
खडक नगरपालिकामा माओवादी र नेकपा एस मिलेर निर्वाचनमा जाने निर्णय
खडक नगरपालिकामा माओवादी र नेकपा एस मिलेर निर्वाचनमा जाने निर्णय
भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह