सबल नेपालको २० औं साधारणसभा सम्पन्न

राजविराज राजविराज
|
आइतबार, कार्तिक ९, २०८२
|
|
३० पटक हेरिएको
Shares
सबल नेपालको २० औं साधारणसभा सम्पन्न

सारांश

  •     कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन ।
  • प्रस्तुत प्रतिवेदनमा खानेपानी सरसफाई, समानताका लागि क्रिकेट, बिपद ब्यबस्थापन कार्यक्रम, सभव्य समाज निर्माण, सुचना तथा संचारको बिकास जस्ता परियोजनाहरू संचालनमा रहेको उल्लेख छ ।
  •     “जकर घरमे चर्पी नहि तकर घरमे शादी नहि” भन्ने मुल नाराका साथ चर्पी निर्माण तथा सरसफाई अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थाले समुदायको स्तरोन्तीको लागि स्वच्छता एवं सरसफाई सँगै पोषण, शिक्षा, स्वास्थ्य, महिला क्रिकेटको बिकास लगायतका क्षेत्रमा संस्थाले कार्य गर्दै आएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक । 

    सबल नेपालले २० औं साधारणसभा सम्पन्न गरेको छ । बि.स. २०६२ साल कात्तिक ७ गते स्थापना भएको सबल नेपालले राजविराजमा २१ औ स्थापना दिवससंगै २० औं साधारणसभाको आयोजना गरेको हो ।
    कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन । प्रस्तुत प्रतिवेदनमा खानेपानी सरसफाई, समानताका लागि क्रिकेट, बिपद ब्यबस्थापन कार्यक्रम, सभव्य समाज निर्माण, सुचना तथा संचारको बिकास जस्ता परियोजनाहरू संचालनमा रहेको उल्लेख छ ।
    “जकर घरमे चर्पी नहि तकर घरमे शादी नहि” भन्ने मुल नाराका साथ चर्पी निर्माण तथा सरसफाई अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थाले समुदायको स्तरोन्तीको लागि स्वच्छता एवं सरसफाई सँगै पोषण, शिक्षा, स्वास्थ्य, महिला क्रिकेटको बिकास लगायतका क्षेत्रमा संस्थाले कार्य गर्दै आएको छ ।
    जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्य तथा सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित स्थापना दिवसमा तिलाठी कोईलाडी गाउपालिका बिपत ब्यबस्थापन अधिकृत राजेश झा, संस्थाका निर्देशक दिपक कुमार झा, सबल नेपालका सदस्य तारा कटुवाल, पत्रकार चन्दनकुमार यादब, सिनियर म्यानेजर अशोक साह, परमेश्वर झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका कोषाध्यक्ष आयुुष श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
कोरोनाका कारण तथा मंगलबार परेकाले होली खल्लो हुने
कोरोनाका कारण तथा मंगलबार परेकाले होली खल्लो हुने
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
भुक्तानी रकम दिलाउने  प्रतिबद्धतापछि राविनपाको तालाबन्दी  तथा धर्ना कार्यक्रम स्थगित
जसपाको बिरोध प्रदर्शन
जसपाको बिरोध प्रदर्शन
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
वर्षौदेखी अतिक्रमित हटियाको जग्गा ठूलो  संख्यामा सुरक्षाकर्मी परिचालन गरि हटाइयो
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ