दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
विभिन्न २८ बुँदे माग राख्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएका छन् ।
कार्यालयको मुल गेटमा जसपाका नेता तथा कार्यकर्ता तीन घण्टासम्म धर्नामा बसेका हुन् ।
सरकार समक्ष प्रस्तुत गरेको २८ बुँदे माग पुरा गराउन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रशासन अगाडि धर्ना बसेको जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन् ।
विगतदेखि उठाउँदै आएको संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने उनले बताए ।
आफूहरूले अघि सारेको २८ बुदे माग पुरा गराउन संघर्षका कार्यक्रमहरु जारी राख्ने जसपा सप्तरी अध्यक्ष यादवको भनाई छ ।
२८ बुदे माग लेखिएको प्लेकार्ड सहित जिल्ला प्रशासन अगाडि मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसहित जसपा नेपालका सयौं नेता–कार्यकर्ताहरु धर्नामा बसेका थिए ।
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
सारांश
- कार्यालयको मुल गेटमा जसपाका नेता तथा कार्यकर्ता तीन घण्टासम्म धर्नामा बसेका हुन् ।
- सरकार समक्ष प्रस्तुत गरेको २८ बुँदे माग पुरा गराउन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रशासन अगाडि धर्ना बसेको जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन् ।
- विगतदेखि उठाउँदै आएको संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया