दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
अत्याधिक चिसोले जनजीवन कष्टकर बन्दै जाँदा राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र दाउरा वितरण सुरु गरेको छ ।
आईतवार एकाविहान ट्याक्टरमा दाउरा बोकेर निस्केकी कार्यवाहक नगर प्रमुख इसरत परवीन, वडाअध्यक्ष तथा नगरपालिकाका कर्मचारीको टोलीले नगरको चौक÷चौक र अस्पतालमा दाउरा वितरण सुरु गरेको हो ।
शीतलहर तथा चिसोबाट सर्वसाधारणलाई जोगाउन दाउरा वितरण थालिएको जनाउँदै उनले अत्यधिक चिसो भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत सबैमा आग्रह गरिन् । नगरका चौक चौकमा दाउरा बालेको देखेर काम विशेषले बजार निस्केका सर्वसाधारण आगो ताप्दै आफुलाई न्यानो पार्ने प्रयासमा जुृटेका छन । एक साता यता बढेको अत्यधिक चिसोका कारण जिल्लाको दैनिकी कष्टकर बनेको छ ।
दाउरा बाँड्दै नगरपालिका
सारांश
- आईतवार एकाविहान ट्याक्टरमा दाउरा बोकेर निस्केकी कार्यवाहक नगर प्रमुख इसरत परवीन, वडाअध्यक्ष तथा नगरपालिकाका कर्मचारीको टोलीले नगरको चौक÷चौक र अस्पतालमा दाउरा वितरण सुरु गरेको हो ।
- शीतलहर तथा चिसोबाट सर्वसाधारणलाई जोगाउन दाउरा वितरण थालिएको जनाउँदै उनले अत्यधिक चिसो भएकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत सबैमा आग्रह गरिन् ।
- नगरका चौक चौकमा दाउरा बालेको देखेर काम विशेषले बजार निस्केका सर्वसाधारण आगो ताप्दै आफुलाई न्यानो पार्ने प्रयासमा जुृटेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया