सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह

राजविराज राजविराज
|
आइतबार, जेठ २६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह

सारांश

  •     नेपालको सुचनाको हक सम्बन्धी ऐन २०६४ ले सुचनाको हक सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको कामको जानकारी आमसमुदायलाई हुनु आवश्यक रहेकाले सुचनाबाट कसैले बञ्चित नगर्ने सम्बन्धित निकाय सँग आग्रह समेत गरे ।
  •     राष्ट्रिय सूचना आयोगद्वारा सूचनाको हक सम्बन्धी आइतबार राजविराजमा गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त पोखरेलले लोकतन्त्रणमा सबै नागरिकलाई सुचनाको सुनिश्चित गराउन सबैको कर्तव्य भएकोले सुचनाको हकबाट कसैलाई बञ्चित गर्न नहुने बताए ।
  •       लोकतन्त्र बलियो बनाउन आम समुदायको टोलटोलमा घरघरमा सुचनाको हक सम्बन्धी अधिकार पु¥याउने लक्ष्य आयोगको रहेको बताउदै उनले भने, “यसबाट भष्टाचार सुशासन र मुलुकलाई सुदिृढ गर्न ठुलो भुमिका खेल्छ ।

दैनिक समाचारदाता
राजविराज, २६ जेठ । 
    राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोखरेलले सबै स्थानिय तहका प्रमुख तथा सरकारी कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह गरेका छन् । 
    नेपालको सुचनाको हक सम्बन्धी ऐन २०६४ ले सुचनाको हक सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको कामको जानकारी आमसमुदायलाई हुनु आवश्यक रहेकाले सुचनाबाट कसैले बञ्चित नगर्ने सम्बन्धित निकाय सँग आग्रह समेत गरे ।
    राष्ट्रिय सूचना आयोगद्वारा सूचनाको हक सम्बन्धी आइतबार राजविराजमा गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त पोखरेलले लोकतन्त्रणमा सबै नागरिकलाई सुचनाको सुनिश्चित गराउन सबैको कर्तव्य भएकोले सुचनाको हकबाट कसैलाई बञ्चित गर्न नहुने बताए । 
    लोकतन्त्र बलियो बनाउन आम समुदायको टोलटोलमा घरघरमा सुचनाको हक सम्बन्धी अधिकार पु¥याउने लक्ष्य आयोगको रहेको बताउदै उनले भने, “यसबाट भष्टाचार सुशासन र मुलुकलाई सुदिृढ गर्न ठुलो भुमिका खेल्छ ।”
    आयुक्त पोखरेलले कुनै कार्यालयमा सुचनाको हक बमोजिम सुचना लिन दिएको निवेदन आधारमा नदिएमा सोझै राष्ट्रिय सुचना आयोगमा पुनरावेदन गर्न आग्रह समेत गरे । कुनै कार्यालयमा सुचना माँग जादाँ उजुरी दर्ता गर्न आलटाल गरेमा सिधै सुचना आयोगमा पुनरावेदन गरेमा आयोगको ईज्लासवाट समस्याको समाधान खोज्ने उनले उल्लेख गरे । 
    अब चाडै सुचना आयोगले ईमेल मार्फत सुचना पहँुचलाई सबैमा पु¥याउने बताउदै यसका लागि ऐन संसोधन प्रक्रियामा रहेको उनले बताए ।
    सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतमा आयोजित अन्तरक्रियामा जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, जिल्लाका विभिन्न नगरपालिका गाउँपालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीलगायतको सहभागिता रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह