नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण

राजविराज राजविराज
|
बुधबार, माघ १४, २०८२
|
|
४५ पटक हेरिएको
Shares
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण

सारांश

  •     कोशी पम्प चन्द्रनहर सिंचाई ब्यवस्थापन कार्यालय राजविराजले चन्द्रनहर किनारस्थित सप्तकोशी नगरपालिका १० भगिनी मलेठमा बुधबार आयोजना गरेको “पुर्वी तराई क्षेत्रको सिंचाई प्रणाली पुनस्र्थापना आयोजना हस्तान्तरण समारोह” मा जापानका राजदुत सिन्तो एसबारुले नेपाल सरकारका उर्जा जलस्रोत एवं सिंचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजातहरु हस्तान्तरण गरेका हुन् ।
  •     पुर्व तराई क्षेत्रका १० हजार पाँचसय हेक्टर कृषि योग्य भूमीमा सहज सिंचाइ सेवा पु¥याउने उद्देश्यले इ.
  • स.

दैनिक समाचारदाता
राजविराज, १४ माघ । 

    नेपालकै पहिलो चन्द्रनहर सिंचाई प्रणालीको जापान सरकारको सहयोगमा मरमत सम्भार तथा सिंचाई सुविधाको पुनस्र्थापना गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
    कोशी पम्प चन्द्रनहर सिंचाई ब्यवस्थापन कार्यालय राजविराजले चन्द्रनहर किनारस्थित सप्तकोशी नगरपालिका १० भगिनी मलेठमा बुधबार आयोजना गरेको “पुर्वी तराई क्षेत्रको सिंचाई प्रणाली पुनस्र्थापना आयोजना हस्तान्तरण समारोह” मा जापानका राजदुत सिन्तो एसबारुले नेपाल सरकारका उर्जा जलस्रोत एवं सिंचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजातहरु हस्तान्तरण गरेका हुन् ।
    पुर्व तराई क्षेत्रका १० हजार पाँचसय हेक्टर कृषि योग्य भूमीमा सहज सिंचाइ सेवा पु¥याउने उद्देश्यले इ.स. १९२७ सालमा निर्माण गरिएको चन्द्रनहर सिंचाई प्रणालीको मुल नहर २८ किलोमिटर लामो छ । विगत लामो समय देखि ठाउँ ठाउँमा जिर्ण हुँदा किसानलाई सिंचाईमा समस्या हुने गरेको थियो ।
    जापानी सहयोग संस्था नियोग (जेआइसिए) को दुई अरब पाँच करोड १० लाखको अनुदान सहयोगमा चन्द्रनहर प्रणालीको मुल नहरमा भत्केका ३२ स्थानमा सिंचाई संरचनाको पुनर्निमाण सम्पन्न भएपछि एक समारोहको आयोजना गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको राजदुत सिन्तो एसबारुले बताए ।
    उक्त सिचाई संरचना पुनर्निमाणका लागि नेपाल र जापान सरकारबीच सन २०२२ सेप्टेम्बर ११ मा अनुदान सहयोग समझौता भएको थियो । समझौतामा निर्माण अवधि ३१ जनवरी २०२६ तोकिएपनि जापान सरकार र निर्माण कम्पनी हाजामा आन्दो कर्पोरेशनको सक्रियतामा तीनदिन आगाबै निर्माण कार्य सम्पन्न गर्न सफल भएको परामर्शदाता एनटिसी इन्टरनेशनल कम्पनी लिमिटेडका प्रतिनिधि याकुरा मोसुले जनाए ।
    कार्यक्रमका प्रमुख अतिथि उर्जा जलस्रोत एवं सिंचाई मन्त्रालयका सचिव सरिता दवाडीले पुर्वी तराई क्षेत्रको सिंचाई प्रणाली पुनस्र्थापना आयोजना परियोजना अन्तर्गत जापान सरकारले गरेको सहयोग अति महत्वपूर्ण रहेको भन्दै यसले नेपालको पुर्व तराई क्षेत्रका कृषि उत्पादन वृद्धिमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताईन् ।
    सिंचाई व्यवस्थापन कार्यालय सप्तरीका प्रमुख बिरेन्द्र कुमार यादवले मुल नहरको स्तरोन्नतीले अव सिंचाईका लागि पर्याप्त पानी वितरण गर्न सहज भएको भन्दै मुल नहरपछि अव झण्डै सय बर्ष पुरानो र जिर्ण अवस्थामा पुगेको शाखा नहरहरुको पनि स्तरोन्नती कार्यमा जापान सरकारलाई सहयोग गर्न आग्रह गरे ।
    जलस्रोत तथा उर्जा मन्त्रालयका सहसचिब सुशीलचन्द्र आचार्यको अध्यक्षतामा आयोजित हस्तान्तरण समारोहमा जलस्रोत तथा सिंचाई विभागका महानिर्दैशक मित्र बराल, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतले पनि मुल नहरको जिर्ण संरचना पुनर्निमाणले यस क्षेत्रमा कृषि उत्पादन बढाउन, सिंचाई सुविधाको विस्तार गर्न तथा किसानको आयस्तर वृद्धिमा ठुलो मद्दत पु¥याउने भन्दै आयोजनामा सघाउने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 
सडक मर्मतको माग गर्दै चक्काजाम
सडक मर्मतको माग गर्दै चक्काजाम
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
६ महिनामा २१ वटा बलात्कारको घटनामा २२ बालिका पीडित
६ महिनामा २१ वटा बलात्कारको घटनामा २२ बालिका पीडित
ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा
ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण
सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ