आचारसंहिताको पालना गर्नुपर्नेमा जोड

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
आचारसंहिताको पालना गर्नुपर्नेमा जोड

सारांश

  •     दलहरुको प्रचारप्रसारमा कुनैपनि मिडिया र पत्रकार लाग्न नहुने भन्दै वक्ताहरुले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापुर्वक सम्पन्न गराउन सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका हुन् ।
  •     राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा राजविराजमा बुधबार आयोजित ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मतदाता शिक्षासँग सम्बन्धित विषयवस्तु मिडियामार्फत प्रवाह गरी मतदातालाई मनपरेको उम्मेदवार छनोट गर्न सहज बनाउने भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने बताए ।
  •       अन्तरक्रियामा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले केही पत्रकार तथा सञ्चार माध्यमहरु निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत चुनावी प्रचारमा संलग्न भएकोले यस्तो कार्यबाट निष्पक्षता माथि प्रश्न उठ्ने हुँदा जिम्मेवार भएर पत्रकारिता गर्न संञ्चारकर्मीहरुसंग आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।

    स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन सम्पन्न गर्न पत्रकार र सञ्चारगृहले निर्वाचन आचारसंहिताका साथै पत्रकार आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिइएको छ ।
    दलहरुको प्रचारप्रसारमा कुनैपनि मिडिया र पत्रकार लाग्न नहुने भन्दै वक्ताहरुले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापुर्वक सम्पन्न गराउन सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका हुन् ।
    राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा राजविराजमा बुधबार आयोजित ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मतदाता शिक्षासँग सम्बन्धित विषयवस्तु मिडियामार्फत प्रवाह गरी मतदातालाई मनपरेको उम्मेदवार छनोट गर्न सहज बनाउने भूमिका सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने बताए । 
    अन्तरक्रियामा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले केही पत्रकार तथा सञ्चार माध्यमहरु निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत चुनावी प्रचारमा संलग्न भएकोले यस्तो कार्यबाट निष्पक्षता माथि प्रश्न उठ्ने हुँदा जिम्मेवार भएर पत्रकारिता गर्न संञ्चारकर्मीहरुसंग आग्रह गरे । 
    रासस राजविराज सप्तरीका प्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष बिष्णुकुमार मंडल, बैद्यनाथ झा, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउत सहितका वक्ताहरुले पत्रकार र सञ्चारमाध्यमले निष्पक्षता कायम राख्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे ।
    कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द्र न्योपाने, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रोशन बुढाथोकी सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ३० वडाको नतिजा जसपा र काँग्रेस शिर्ष स्थानमा 
सप्तरीमा ३० वडाको नतिजा जसपा र काँग्रेस शिर्ष स्थानमा 
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
झुन्डिएको अवस्थामा  शव फेला
झुन्डिएको अवस्थामा  शव फेला
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
विकासका लागि सकारात्मक सोच आवश्यक ः कृषि मन्त्री 
विकासका लागि सकारात्मक सोच आवश्यक ः कृषि मन्त्री 
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन