वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान

राजविराज राजविराज
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
३१ पटक हेरिएको
Shares
वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान

सारांश

  •     यस वर्ष वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान“ पुरस्कार प्रदान गरिएको हो ।
  • मानव अधिकारको क्षेत्रमा बर्ष भरी काम गर्ने कानून व्यवसायीलाई यो पुरस्कारबाट सम्मानित गर्ने गरिन्छ ।
  •       दाता परिवारका सदस्य वरिष्ठ अधिवक्ता सुजीत पोखरेलले पुरस्कार राशी नगद १५ हजार र प्रमाण पत्र रहेको जानकारी दिदै विगत दुई वर्ष देखि यो पुरस्कार प्रदान गर्दै आइरहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    राजविराज उच्च अदालत वार एशोसिएशनद्वारा बिहीबार आयोजित एक कार्यक्रमबीच स्व. काशीराज गंगदेवी सम्मान पुरस्कार २०८३ प्रदान गरिएको छ । 
    यस वर्ष वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान“ पुरस्कार प्रदान गरिएको हो । मानव अधिकारको क्षेत्रमा बर्ष भरी काम गर्ने कानून व्यवसायीलाई यो पुरस्कारबाट सम्मानित गर्ने गरिन्छ । 
    दाता परिवारका सदस्य वरिष्ठ अधिवक्ता सुजीत पोखरेलले पुरस्कार राशी नगद १५ हजार र प्रमाण पत्र रहेको जानकारी दिदै विगत दुई वर्ष देखि यो पुरस्कार प्रदान गर्दै आइरहेको बताए । 
    पहिलो पटक यस पुरस्कारबाट वरिष्ठ अधिवक्ता हिम्मत सिंह र दोश्रो पटक वरिष्ठ अधिवक्ता अमर बहादुर पाण्डेलाई प्रदान गरिएको थियो । 
    उच्च वारका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तरी  जिल्ला अदालतमा भर्खरै आएका न्यायाधीश बाबुराम भट्टराईलाई स्वागत गरिएको थियो ।
    यस्तै बिहीबारै सम्पन्न अर्को कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलाशका प्रमुख न्यायाधीश सुभाष पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बितेको २०८२ पौष १८ गते देखि पौष २४ गते सम्म राजविराजमा सञ्चालन भएको “फौजदारी कानून विषयक आधारभुत तालिम“ मा सहभागी ४० जनालाई सो तालिमको प्रमाण–पत्र बितरण गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
थारुको पहिचान र संस्कृतीको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मुख्यमन्त्री राउत
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
मधेशको विकासका लागि प्रधानमन्त्री चिन्तित ः यूवा संघका इन्चार्ज बस्नेत 
मधेशको विकासका लागि प्रधानमन्त्री चिन्तित ः यूवा संघका इन्चार्ज बस्नेत 
जगन्नाथ रथयात्राको तयारी पुरा
जगन्नाथ रथयात्राको तयारी पुरा
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
राजपाबाट राष्ट्रिय सभा सदस्यमा मृगेन्द्र यादव र शेखर सिंहको नाम सिफारिस