दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
सप्तरीको छिन्नमस्ता भगवती मन्दिर सम्म पुग्ने एक मात्र मार्ग राजविराज–सखडा सडक खण्ड लामो समय देखी जीर्ण छ । सडकमा परेका खाल्डाले साना ठुला सवारी साधन आवत जावतमा सकस हुने गरेको छ ।
राजविराजबाट १० किलो मिटर टाढा छिन्नमस्ता गाउँपालिकास्थित भगवती मन्दिर पुग्ने एक मात्र सडक जिर्ण बन्दा चालक तथा यात्रुले सास्ती खेप्नु परेको छ । खाल्डा खुल्डी कै कारण यस रुटमा हतपत्त चालकहरु सवारी साधन चलाउन मानेका छैनन ।
तिर्थयात्रु र सर्वसाधारणलाई गणतब्य सम्म पु¥याउन समस्या मात्र होइन । यस क्षेत्रका विरामी तथा गर्भवती महिलालाई यस सडक मार्गबाट अस्पताल पु¥याउन पनि सास्ती हुने गरेको स्थानीयको गुनासो छ ।
सडकको ठाउँ ठाँउमा खाल्डा परेकै कारण १० किलो मिटरको बाटो तय गर्न डेढ घण्टा सम्म लाग्ने गरेको स्थानीयको भनाई छ ।
यसबारे पटक÷पटक आन्दोलन तथा सडक डिभिजन कार्यालय लहानको ध्यानाकर्षण गराए पनि आश्वासन बाहेक केही न पाइएको स्थानीयको गुनासो छ ।
जीर्ण सडकको मर्मत तथा स्तरोन्नतीको ठेक्का लिएका निर्माण कम्पनीले कछुवा गतिमा कार्य गर्दा ७ वर्ष वितिसक्दा पनि निर्माण कार्यले पुर्णता पाउन नसकेको भन्दै स्थानीयले लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न समेत माग गरेका छन ।
छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
सारांश
- राजविराजबाट १० किलो मिटर टाढा छिन्नमस्ता गाउँपालिकास्थित भगवती मन्दिर पुग्ने एक मात्र सडक जिर्ण बन्दा चालक तथा यात्रुले सास्ती खेप्नु परेको छ ।
- खाल्डा खुल्डी कै कारण यस रुटमा हतपत्त चालकहरु सवारी साधन चलाउन मानेका छैनन ।
- तिर्थयात्रु र सर्वसाधारणलाई गणतब्य सम्म पु¥याउन समस्या मात्र होइन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया