बिदेशमा उपचार गराए सरकारले खर्च नदिने 

राजविराज राजविराज
|
बुधबार, आषाढ ११, २०७६
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •     प्रतिनिधिसभाको बैठकमा मंगलबार उपप्रधानमन्त्री यादवले नेपालमै अधिकांश रोगको उपचार सम्भव भएको भन्दै सरकारले विदेशमा उपचार गरेबापत कसैलाई पनि सरकारी कोषबाट खर्च नदिने बताएका हुन् ।
  •       स्वास्थ्य नीतिमा उल्लेख भएअनुसार प्राकृतिक चिकित्साका लागि पनि बजेटमा व्यवस्था छ ।
  • सरकारले नसर्ने रोगको उपचारलाई प्राथमिकतामा राख्नाका साथै मानसिक स्वास्थ्य सेवा शाखा विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरेको छ ।

दैनिक समाचारदाता
काठमाडौं, १० असार ।
    उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अधिकांश रोगको उपचार नेपालमा सम्भव रहेकोले नेपालमै हुने उपचार विदेशमा गराए सरकारले कुनै पनि उपचार खर्च नदिने बताएका छन् । 
    प्रतिनिधिसभाको बैठकमा मंगलबार उपप्रधानमन्त्री यादवले नेपालमै अधिकांश रोगको उपचार सम्भव भएको भन्दै सरकारले विदेशमा उपचार गरेबापत कसैलाई पनि सरकारी कोषबाट खर्च नदिने बताएका हुन् । 
    स्वास्थ्य नीतिमा उल्लेख भएअनुसार प्राकृतिक चिकित्साका लागि पनि बजेटमा व्यवस्था छ । सरकारले नसर्ने रोगको उपचारलाई प्राथमिकतामा राख्नाका साथै मानसिक स्वास्थ्य सेवा शाखा विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरेको छ । 
    कर्णालीको जनतामा स्वास्थ्यको पहुँच पु¥याउने उद्देश्यले कर्णाली अस्पताल बनाउनका लागि बजेट व्यवस्था गरिएको उनले बताए । १५औँ पञ्चवर्षीय योजनासम्म सरकारी संस्थाहरूमा एक चिकित्सक एक स्वास्थ्यकर्मीको अवधारणालाई क्रमशः लागू गरिने जानकारी दिँदै उपप्रधानमन्त्री यादवले सरकारी अस्पतालमा अतिरिक्त सुविधासहित स्वास्थ्य सेवा लागू गरिने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ