पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा

राजविराज राजविराज
|
सोमबार, श्रावण ६, २०७६
|
|
२० पटक हेरिएको
Shares
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा

सारांश

  •     सरकारले साउन १ गतेदेखि लागु हुने किसिमले ल्याएको नयाँ नीतिका कारण उद्योग व्यवसायी संकटमा पर्ने भन्दै सप्तरीका उद्योगी एवं व्यवसायीहरु आन्दोलित भएका हुन् ।
  •       उद्योग वाणिज्य संघ सप्तरीको अगुवाइमा निकालिएको विरोध ¥यालीका सहभागीले राजबिराज नगरको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरे ।
  •     आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।

दैनिक समाचारदाता
राजविराज, ५ साउन । 
    सरकारले ल्याएको नयाँ कर नीति तथा स्थानिय प्रशासनको ज्यादतीको विरोधमा राजबिराजका व्यापारीहरुले पसल बन्द गरेर आईतबार विरोध ¥याली निकाल्दै आन्दोलित भएका छन् । 
    सरकारले साउन १ गतेदेखि लागु हुने किसिमले ल्याएको नयाँ नीतिका कारण उद्योग व्यवसायी संकटमा पर्ने भन्दै सप्तरीका उद्योगी एवं व्यवसायीहरु आन्दोलित भएका हुन् । 
    उद्योग वाणिज्य संघ सप्तरीको अगुवाइमा निकालिएको विरोध ¥यालीका सहभागीले राजबिराज नगरको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरे ।
    आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजिएको व्यापारीहरुको आरोप छ ।
    ढुवानी तथा खाद्यानमा लगाएको भ्याट अव्यवहारिक भएकोले खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा योजना लागु गर्दा व्यवसायीलाई अत्याधिक व्यभार बढनुका साथै श्रमिकसँग समन्वय गरी व्यवसायी संचालन गर्न कठिन हुने भएकाले सो नियम खारेज गर्नुपर्ने, उद्योग प्रतिष्ठानमा उत्पादन कार्यमा प्रयोग भएको डिजल (ईन्धन) मा तिरेको भ्याद मिलान गर्न पाउने व्यवस्था यथावत राख्नुपर्ने, बैंकबाट लगाईएको चर्को ब्याज तथा बिमा कम्पनीहरुबाट भएको अघोषित सिन्डिकेट प्रथालाई सरकारले हस्तक्षेप गरी उद्योगी व्यवसायीको हितका लागी लगानी गर्न सक्ने बातावरण तयार गर्न उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।
    उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरूण प्रधानले सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको आरोप लगाएका छन् । 
    उनले नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारिक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने बताउँदै सरकारले सो निर्णय फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी पैठारीका सामान बरामद
चोरी पैठारीका सामान बरामद
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
विपन्न असहाय ज्येष्ठ  नागरिकलाई सिरक बितरण
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
संचारकर्मीलाई सुरक्षा सामग्री
संचारकर्मीलाई सुरक्षा सामग्री

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह