दलहरु अन्तिम चरणको कसरत

राजविराज राजविराज
|
सोमबार, मंसिर ९, २०७६
|
|
४६ पटक हेरिएको
Shares
दलहरु अन्तिम चरणको कसरत

सारांश

  •     आउँदो मंसिर १४ गते शनिबार निर्वाचन हुँदैछ ।
  • ७२ घण्टे मौन अवधी सुरु हुनु अघि नै दलहरु मतदाता नजिक पुग्न तिब्रताका साथ लागेका छन् ।
  •       पार्टीले चुनावी सभा र उम्मेदवारहरु घरदैलो र व्यक्तिगत रुपमा भोट माग्ने कामलाई तिब्र बनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ को वडा अध्यक्ष पलदका लागि उपनिर्वाचनको मिति नजिकिदै गर्दा सबै राजनीतिक दल मत आफ्नो पक्षमा पार्न अन्तिम चरणको प्रचार र प्रयासमा जुटेका छन् । 
    आउँदो मंसिर १४ गते शनिबार निर्वाचन हुँदैछ । ७२ घण्टे मौन अवधी सुरु हुनु अघि नै दलहरु मतदाता नजिक पुग्न तिब्रताका साथ लागेका छन् । 
    पार्टीले चुनावी सभा र उम्मेदवारहरु घरदैलो र व्यक्तिगत रुपमा भोट माग्ने कामलाई तिब्र बनाएका छन् । यहाँ १ हजार ४ सय ३ मतदाता छन् । यहाँ वडा अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । 
    गत निर्वाचनमा यहाँबाट राजपाका उम्मेदवार प्रभाकर यादव बिजयी भएका थिए । उनी जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको सो पदमा निर्वाचन हुन लागेको हो । राजपाले यसपल्ट प्रभाकर यादवकी पत्नी प्रमिला देवीलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीले राजपा उम्मेदवार यादवलाई नै समर्थन दिइसकेको छ । 
    यसअघि राजपाले जितेकाले त्यसलाई निरन्तरता दिन राजपालाई चर्को दबाब छ । राजपाको जित सुनिश्चित बनाउन यहाँ राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोदेखी महसचिव मनिष सुमनसम्मले चुनावी सभा गरिसकेका छन् । यस पल्ट राजपाको बर्चश्वको तोड्ने दाबी नेकपाका उम्मेदवार अस्च्छेलाल यादवले गरेका छन् । 
    त्यस्तै काँग्रेसका शिवनारायण मण्डल र जनमत पार्टीका दिनेश कुमार यादव पनि आफूले जित्ने दाबी गर्दै आएका छन् । निर्वाचन बहिष्कार र अलग देशको माँग गर्दै आएका सिके राउतले सरकारसँग सम्झौता गर्दै जनमत पार्टी दर्ता गरेपछि पहिलो पटक चुनावी मैदानमा आफ्ना उम्मेदवार खडा गरेको छ । सो पार्टीका उम्मेदवार दिनेश कुमार यादव पहिलो सहभागितामै यहाँबाट खाता खोल्न सफल हुने दाबी गर्छन् । 
    तर, यहाँको चुनावी गतिविधीलाई नजिकबाट नियाली रहेका स्थानियहरु भन्छन्, “यहाँ अन्तिम प्रतिष्पर्धा भने राजपा उम्मेदवार प्रमिलादेवी यादव र नेकपाका उम्मेदवार अच्छेलाल यादवबीच नै हुने छ ।” यता जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग 
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
सप्तरी क्षेत्र नं. २ बाट लोसपा अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
प्रहरी सहायक हवल्दारको  छतबाट लडेर मृत्यु
प्रहरी सहायक हवल्दारको  छतबाट लडेर मृत्यु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह