राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मा वडाध्यक्ष पदका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा राजपा बिजयी भएको छ ।
जिल्लाको एक मात्र स्थानमा भएको उक्त निर्वाचनमा राजपा र समाजवादी पार्टीकी संयुक्त उम्मेदवार प्रमिलादेवी यादवले ५ सय ४० मत प्राप्त गरी बिजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपाका अच्छेलाल यादवले ५ सय २९ मत प्राप्त गरे ।
मतगणना सुरु भए लगत्तै आउँदै गरेको मतपरिणाममा दुबैबीच निकै प्रतिष्पर्धा देखीएको थियो । दुबैबीचको अन्तर ५ देखी १० मत मात्रको रहेको थियो । सुरुदेखी नै दुबैबीच निकै कडा प्रतिष्पर्धा हुने अनुमान गरिए अनुसार नै मत परिणाम आएको हो ।
यसअघिको २०७४ सालमा यस वडामा सम्पन्न निर्वाचनमा पनि राजपाकै उम्मेदवार प्रभाकर यादवले झिनो ८ मत अन्तरले अच्छेलाल यादवलाई नै पराजित गरेका थिए ।
संयोगवस यस पटक पनि अच्छेलाल प्रभाकरकी श्रीमती प्रमिलादेवी सँग पनि ११ मत अन्तरले पराजित भएका छन् । गत निर्वाचनमा अच्छेलाल स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए भने यस पटक उनलाई नेकपाले उम्मेदवार बनाएको थियो ।
यस्तै मतपरिणाम अन्ुसार काग्रेसका शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश कुमार यादवले ११ मत प्राप्त गरेका छन् । त्यस्तै १५ मत बदर समेत भएको थियो ।
यसअघि शनिबार बिहान ७ बजेदेखी ५ बजेसम्म भएको निर्वाचनमा ८० प्रतिशत मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार ८० प्रतिशत मत खसेको छ । १ हजार ४ सय ३ मतदाता रहेकोमा १ हजार १ सय १४ मतदाताले मत खसालेका थिए । छिन्नमस्ता ७ हाटी स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा बनाईएको क र ख गरी २ केन्द्रमा मतदाताहरुले उत्साहपूर्ण मतदान सम्पन्न भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शान्तिपूर्ण रुपमा र व्यापक सहभागीता देखाएको भन्दै मतदातालाई धन्यवाद दिएको छ ।
२०७४ सालमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको सो पदमा उपनिर्वाचन भएको हो ।
सप्तरीको छिन्नमस्तामा ७ मा पुनः राजपा
सारांश
- यसअघिको २०७४ सालमा यस वडामा सम्पन्न निर्वाचनमा पनि राजपाकै उम्मेदवार प्रभाकर यादवले झिनो ८ मत अन्तरले अच्छेलाल यादवलाई नै पराजित गरेका थिए ।
- संयोगवस यस पटक पनि अच्छेलाल प्रभाकरकी श्रीमती प्रमिलादेवी सँग पनि ११ मत अन्तरले पराजित भएका छन् ।
- गत निर्वाचनमा अच्छेलाल स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए भने यस पटक उनलाई नेकपाले उम्मेदवार बनाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया