वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न

राजविराज राजविराज
|
आइतबार, पौष १३, २०७६
|
|
२० पटक हेरिएको
Shares
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न

सारांश

  •     यसअघि यस गाउँपालिकामा कहिले पनि विद्युत पुगेको थिएन् ।
  • ६ वटा वडा भएको यस गाउँपालिका स्थापना भएको मिति भन्दा अगाडी देखी नै यहाँका जनता विद्युतबाट बञ्चित थिए ।
  •       बलानबिहुल वडा नं.

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
    सप्तरीको कान्छो गाउँपालिकाको रुपमा चिनिने बलानबिहुल गाउँपालिका आइतबार पूर्ण रुपले विद्युतीकरण भएको छ । 
    यसअघि यस गाउँपालिकामा कहिले पनि विद्युत पुगेको थिएन् । ६ वटा वडा भएको यस गाउँपालिका स्थापना भएको मिति भन्दा अगाडी देखी नै यहाँका जनता विद्युतबाट बञ्चित थिए ।  
    बलानबिहुल वडा नं. २ दक्षिणवरिया दिधिया टोलमा आइतबार साँझ एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दयानन्द गोइतले ट्रान्सफरमरको स्विच अन गरेर विद्युत प्रभाह गरेका थिए । विजुली बलेपछि यस वडाका एक सय घरधुरी लाभान्वित भएका छन् । 

    यसअघि यस गाउँपालिकाको वडा नं. २ को दक्षिणवरिया दिधिया टोल बाहेक अन्य सबै वडामा एक वर्ष अघि नै विद्युत पुगिसकेको छ । 
    एक वर्षअघिदेखी यस वडामा विभिन्न बाधाअवरोध खडा भएपनि अथक प्रयासपछि यस वडामा विद्युत पु¥याउन सफल भएको भन्दै अध्यक्ष गोइतले यस प्रयासलाई सफल पार्न बोदेबर्साइन विद्युत प्रसारण केन्द्रका प्रमुख प्रदिप शर्मा र कर्मचारिहरूको ठूलो योगदान रहेकोमा प्रशंसा समेत गरे । 
    आ.ब. २०७४÷७५ मा छुट्याइएको झण्डै ५ करोडको बजेटबाट गाउँपालिकालाई पूर्णरुपले विद्युतीकरण गरिएको अध्यक्ष गोइतले जानकारी दिँदै गाउँपालिकाको सम्पूर्ण वडामा बाटो समेत निर्माण भइसकेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह