प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 

राजविराज राजविराज
|
मंगलबार, माघ १४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 

सारांश

  •     नेपाल अधिराज्यको पश्चिमी जिल्ला मध्येका, बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ जिल्लामा सदियौं देखि बसोबास गरेका आदिबासी “थारु” समाजका विपन्न वर्णले चरम शोषणको विवशतामा परी कमैयाको काम गर्दै आएका छन् ।
  • कमैयाको अर्थलाई प्रथाको रुपमा लिइएतापनि “पानी कमैया” भनेको थारु समुदायकाका विपन्न, गरिब वर्गले ठूला–ठालु धनी वर्ग कहाँ केही ज्याला वा पारिश्रमिक लिएर काम गर्न बसेकी तरुनी ठूला–ठालु धनी्र वर्गको शोषणरुपी षड्यन्त्रले जीवनको अधिकांश समय, अथवा जीवनकाल तथा व्यक्तिको जीवनपछि पनि उसको परिवारले “दास” को रुपमा काम गरी बस्नुपर्ने बाध्यता बोकेको एउटा समुदाय हो ।
  •       हाम्रो देशमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई भेगका जिल्लाहरुमा “थारु” जातिको बसोबास रहेको देखिन्छ, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रका जिल्लाहरु झापा, मोरंग, सुनसरी, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सा आदि जिल्लाहरुमा बसोबास गर्ने थारु जातिको संस्कार बेग्लै अर्थात सम्भ्रान्त हुँदै गईरहेको छ भने पश्चिमाञ्चल क्षेत्रका खासगरी पाँच जिल्लाहरु बाँके, बर्दिया, कैलाली, कंचनपुर र दाङ जिल्लामा बसोबास गरेका विपन्न वर्गका थारु जातिको ठूलो समुदाय राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा र संस्कारमा निकै उपेक्षित र तिरस्कृत सदयौं देखि रहि आएका छन् ।

अमरनाथ मण्डल
    देशमा अमुल्य परिवर्तनसँगै प्रजातन्त्र, गणतन्त्र र संघीयताको स्थापना भएपछि पनि मानव संस्कृति र सभ्यतामा कहिले पनि यस्ता कलंकका प्रथाहरु समाजमा कायम रहेको सन्दर्भमा कमैया प्रथा देशको प्रजातन्त्र र गणतन्त्रको स्थापना लगतै राजनैतिक दल, संघ–संस्था लगायतहरुको कमैया प्रथा अन्त्य भै सकेको जस्ता कोरा नाराहरु अहिले कमैया प्रथा समाजमा विदितै रहेको प्रमाणहरु र हार व्यवहारमा देखिएको र संचारमाध्यमहरुबाट अहिले पनि कमैया प्रथाबाट मानवजाती उत्पीडनको शिकार भोगिरहेको तथ्य र प्रमाणहरु फेला परिरहेका छन् । वास्तवमा हेर्दा खेरी कमैया प्रथाले देशमा यस्तो परिवर्तन भएतापनि किन अन्त्य नभएको सन्दर्भहरु सर्वत्र उठिरहेको अवस्था छ । 
कमैया प्रथाको संक्षिप्त परिचय 
    नेपाल अधिराज्यको पश्चिमी जिल्ला मध्येका, बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ जिल्लामा सदियौं देखि बसोबास गरेका आदिबासी “थारु” समाजका विपन्न वर्णले चरम शोषणको विवशतामा परी कमैयाको काम गर्दै आएका छन् । कमैयाको अर्थलाई प्रथाको रुपमा लिइएतापनि “पानी कमैया” भनेको थारु समुदायकाका विपन्न, गरिब वर्गले ठूला–ठालु धनी वर्ग कहाँ केही ज्याला वा पारिश्रमिक लिएर काम गर्न बसेकी तरुनी ठूला–ठालु धनी्र वर्गको शोषणरुपी षड्यन्त्रले जीवनको अधिकांश समय, अथवा जीवनकाल तथा व्यक्तिको जीवनपछि पनि उसको परिवारले “दास” को रुपमा काम गरी बस्नुपर्ने बाध्यता बोकेको एउटा समुदाय हो । 
    हाम्रो देशमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई भेगका जिल्लाहरुमा “थारु” जातिको बसोबास रहेको देखिन्छ, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रका जिल्लाहरु झापा, मोरंग, सुनसरी, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सा आदि जिल्लाहरुमा बसोबास गर्ने थारु जातिको संस्कार बेग्लै अर्थात सम्भ्रान्त हुँदै गईरहेको छ भने पश्चिमाञ्चल क्षेत्रका खासगरी पाँच जिल्लाहरु बाँके, बर्दिया, कैलाली, कंचनपुर र दाङ जिल्लामा बसोबास गरेका विपन्न वर्गका थारु जातिको ठूलो समुदाय राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा र संस्कारमा निकै उपेक्षित र तिरस्कृत सदयौं देखि रहि आएका छन् । यिनीहरु बाध्यता र विवशतावश “कमैया” बसने गरकेो दासत्वको जीवनयापन गरिहेका छन् । ती भेगका “थारु” मा डगौरा, देउखुरीमा पठरीया तथा राणा “थारु” हरु रहेका छन् । दाङबाट आएकालाई डगौरा, देउखुरीबाट आएकालाई “देउखुरीया” तथा भारतबाट आएकोलाई “राणा” थारु र राणा शासनकालमा पीडत भई भारत गई पछि त्यहाँबाट पुनः नेपाल फर्केर आउने थरुलाई “कठरीया” थारु हो भनी त्यस भेगका बुढापाकाहरुको भनाई रहेको छ । यी थारुहरु मध्ये रणा थारुको आफ्नै बेग्लै इतिहास रहेको पाईन्छ । भातरबाट सम्राट अकवरको पालमा भारतमा बसोकास गरेको राणा थारुको लोग्ने मानिस युद्धमा विगति पार्य पत्नी “थरुनी” विधवा भएकीले आफ्नो घरमा नोकरको रुपमा रहेको व्यक्तिसँग विहेगरी पतिको रुपमा स्वीकार गरिराखेको भनाई रहेको छ । राणा थारुमा अहिले पनि अन्य थारु जाति भन्दा भिन्न संस्कार रहेको छ । 
कमैया प्रथाको प्रादुर्भाव ः 
    उल्लेखित जिल्लाहरुमा थारु जाति कै ठूला–ठालु र जमिन्दारहरुले आफ्नो घर, व्यवहार र खेती काम गर्नको लागि अन्य गरिब, निर्धा थारुहरुलाई विभिन्न परिवन्द, षड्यन्त्रमा फसाएर वा विभिन्न प्रकारको प्रलोभन दिएर “कमैया” को रुपमा राख्ने गर्दथे । यस्तै प्रवृत्तिको परम्परा र प्रथाको विकास भई कमैयाको प्रथाको प्रचलन भयो । त्यो प्रथाको विकास धेरै अघि नै भएको थियो । केही समय अघि देखि ती जिल्लाहरुमा बसाई–सराईचाप बढ्न थाल्यो र पहाडबाट अन्य जातिहरुले पनि बसोबास गरी ती जिल्लाहरुमा बसोबास गरेका सम्पन्न व्यक्तिहरुले पनि क्रमशः त्यही थारु जातिको कमैयाहरुलाई नोकर (दास) को रुपमा राख्न थाले । यसले गर्दा परम्परा देखि चलिआएको कमैया प्रथाले निरन्तरता प्राप्त गरे । कमैया बस्ने सन्दर्भमा हेर्दा यसको विभिन्न सशक्त पक्ष रहेको छ । कमैया बस्न कसैलाई बाध्यता छ भने कसैले परम्पार देखि चलिआएको प्रथालाई निरन्तरता दिइएको पाइन्छ । बाध्यता कमैयाको सन्दर्भमा हेर्दा यसको अर्को पक्ष “सौकी” अर्थात् ऋणलाई दृष्टिगत गर्नुपर्ने हुन आउँछ । विपन्न वर्गका ती थारु जातिमा खानपिनको कुरो निकै अव्यवस्थित रहेको पाइन्छ । विहान उठ्ने वित्तिकै जाँड, रक्सी खानु तिनीहरुको विशेष बानी रहेको हुन्छ र खानपिनको लागि आफूसँग अभाव भएको कारणले ठूला–ठालुसँग ऋण लिन बाध्य भई त्यसो साटो ऋण लिइने कहाँ कमैयाको रुपमा बस्न विवश भएका हुन्छन् । सौकी भन्ने रकम यिनीहरुले ठूला–ठालुसँग छोराछोराको विशेमा गरिने भोजभतेर गर्नको लागि पनि लिएका हुन्छन् । यस्तो अवस्थामा लिएको ऋण जुन छोरोको विहेमा भोज–भतेर गर्न खर्च गरेको हुन्छ । त्यही छोराले ती सौकी वापत मानक कहाँ कमैया बस्नु पर्ने हुन्छ । यसरी यिनीहरु सौकी ऋणलाई मद्यपान, फजुल खर्ची, भोज–भतेरमा खर्च गरी मालिक कहाँ कमैयाको रुपमा दासत्वको जन्जीरमा सधैको लागि बाँधिने गरिएको पाइन्छ । देखावटीरुपमा सौकी रकमको ब्याज तिर्नु हुँदैन भनिन्छ । तर ती सौकी रकम कमैयाहरुको निरक्षरता, विवशता र सोझोपनले गर्दा मालिकहरले सालबसाल विभिन्न परिपंच गरी अप्रत्याशित रुपमा बढाउन गर्दछन् । यस पक्षमा “बुकरही” भन्ने शब्दको पनि महत्वपूर्ण स्थान हून्छ । मालिकको घरमा कमैया बस्न जाँदा साथमा श्रीमती समेत लगेर बसेको कमैयाको श्रीमतीलाई “बुकरही” भनिन्छ । “बुकरही” आफ्नो लोग्नेसँग बस्छिन तर, छोरी “बुकरही” बसेको छ भने भाई–दाजु, बुवा साथमा बसेको पनि केही–कही पाइन्छ । मालिकले कमैया बस्नको लागि छुट्टै घर बनाई दिएको हुन्छ जसलाई “बुकरा” भनिन्छ । त्यस “बुकरा” मा कमैया र त्यसको श्रीमती बुकरही तथा छोरा–छोरी समेतबस्ने गरेको हुन्छन् । यसरी छोरा–छोरी श्रीमतीसँग बस्दा मालिकले दिएको बोरा धानबाट नपुग्ने हुँदा खाना खर्च भनेर मालिकसँग धान लिन्छन् र मालिकले त्यो दिएको धान जथाभावी रुपमा ऋणको रुपमा लेख्ने गरी साल–बसाली अप्रत्याशिरुपमा त्यसमा वृद्धि गर्ने गर्दछन् र ती ऋण तिर्न नसकेर बाध्य भई कमैयाको छोरा–छोरी समेत मालिकको घरमा खेती घर व्यवहार लगायत गाई, गोरु चराउने जस्ता काममा जीवनपर्यन्त “दास” को रुपमा पशुतुल्य जीवनयापन गर्न बाध्य हुन्छन् । 
कमैया प्रथाको नाउँमा शोषण ः 
    कमैया बस्ने विपन्न वर्गका ती थारु जातका व्यक्तिहरु प्रायः निरक्षर र सोझा निर्धा भएकाले मालिकले दिइने रकममा व्यापक गोल–माल र शोषण गर्ने गरेको छ । कमैयालाई दिइने “बोरी धान” एकमुष्ट नदिई पटक–पटक एक दुईमनका दरले दिई हिसाब गर्ने बेला एक बोरा दिएकोलाई चार बोराको हिसाब राखी प्रत्यक्ष शोषण गर्ने गरिन्छ । बढी देखाएको धानलाई रकममा परिवर्तन गरी सौकीको रकममा जोडिदै जाँदा कमैयाले पहिलोपटक लिएको सौकी रकम बढ्दै गई कमैया थारुहरु प्रायः ऋणमा डुबेको हुन्छन् । जसले गर्दा सन्तान–दरसन्तान दासको रुपमा कमैयामा बस्न बाध्य हुनु परेको छ । यसरी कमैया प्रथा दासत्वको अवशेषको रुपमा रहेको पाइन्छ । यिनीहरुको शोषण्को मूल कारण, अशिक्षा, गरिबी, अन्याय, शोषणको प्रतिकार गर्न नसिकने र मद्यपानको बढी सेवन, भोज भतेरमा अनावश्यक फजूल खर्ची आदी नै मुख्य कारणको रुपमा रहेको छ भने अन्त्य कहिले होला । चर्चा र परिचर्चाको बिचमा नेपाल प्रजातन्त्र र गणतन्त्रको परिवेशमा गुज्रिरहेको अवस्थामा पनि त्यस भेगका आदिबासी थारुहरुले शोषणको सिकार, उत्पीडनको शिकार तथा विभेदीकरणको शिकार बनिरहेका छन् । राजनैतिक दलहरुले नारालाई मात्र सिमित गरी आफ्नो घोषणापत्रमा कमैया प्रथाको अन्त्यको कुरा र अन्त्य भै सकेको कुरा जस्ता झुठो नाराहरु दिई जनतालाई दिगभ्रमित पारिरहेको अवस्थामा कमैया प्रथाको अन्त्यको नाउँमा राज्यबाट विभिन्न किसिमका समितिहरु गठन र विघटनसँगै गैर सरकारी संघ संस्थाहरुको नाउँमा लाखांै खर्च गरिएको तापनि सफलताको लागि केही उपलब्धी देखिदैन । त्यसै कारण त्यस भेगका सर्वसाधारण जनताहरुलाई जिवनस्तरको उन्नती गरी शिक्षामा सबभन्दा बढी जोड दिई रोजगारको स्थिति सिर्जना गरी यस्ता कुप्रथाहरुबाट मुक्तिको लागि सरकारले जोरदार रुपमा आफ्नो सकारात्मक कदमहरुलाई अगाडी बढाउनुपर्ने आवश्यकता देखिन्छ । नत्र भोलीका दिनमा यी प्रथाहरु अगाडी मानव सभ्यता र मानव संस्कृति माथि नै ठूलो प्रहार गर्ने सार्थक सिद्ध हुने छ । श्रोत ः सप्तरी दर्पण÷मुक्तिनाथ मण्डलको लेखहरु

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोइलाडी फाइनलमा प्रवेश
कोइलाडी फाइनलमा प्रवेश
खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी
खाद्य अनुज्ञापत्र नलिएको  आईसक्रिम उद्योगमा शिलबन्दी
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा 
प्रहरीले घरमा खानतलासी गर्न खोज्दा झडप तीन राउण्ड हवाई फायर, तीन प्रहरी घाइते
प्रहरीले घरमा खानतलासी गर्न खोज्दा झडप तीन राउण्ड हवाई फायर, तीन प्रहरी घाइते
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
कावा नगर प्रमुखले मागहरु जायज रहेको स्वीकार्दै समाधान गर्ने प्रतिबद्धता जनाएपछि बीचमै रोकिए बिरोध प्रदर्शन
कावा नगर प्रमुखले मागहरु जायज रहेको स्वीकार्दै समाधान गर्ने प्रतिबद्धता जनाएपछि बीचमै रोकिए बिरोध प्रदर्शन
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
दुईलाख मुल्य बराबरको पटका नष्ट
दुईलाख मुल्य बराबरको पटका नष्ट
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ