सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा

सारांश

  •     राजविराजमा आयोजित स्व.
  • लोकेन्द्र श्रेष्ठ स्मृति ७ औं राष्ट्रियव्यापी जुडो प्रतियोगिताको मंगलबार आयोजित समापन तथा पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
  •       उनले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै ७ सय ५३ नगर र गाउँपालिकामा १÷१ खेलग्राम तथा एक वडा एक खेल मैदानलगायतका कार्यक्रम मार्फत खेलकुदको योजना बनाएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
    यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वर्तमान सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न लागिपरेको बताएका छन् । 
    राजविराजमा आयोजित स्व. लोकेन्द्र श्रेष्ठ स्मृति ७ औं राष्ट्रियव्यापी जुडो प्रतियोगिताको मंगलबार आयोजित समापन तथा पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 
    उनले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै ७ सय ५३ नगर र गाउँपालिकामा १÷१ खेलग्राम तथा एक वडा एक खेल मैदानलगायतका कार्यक्रम मार्फत खेलकुदको योजना बनाएको जानकारी दिए । 
    देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले खेल क्षेत्रको विकासका लागि पूर्वाधार नै पहिलो आवश्यकता रहेकोमा जोड दिँदै सरकार सोही अनुसार अघि बढेको जिकिर गरे ।
    उनले राजविराजस्थित जिर्ण रहेको राजरंगशालाको पनि छिट्टै मर्मत सम्भार गरिने प्रतिबद्धता समेत जनाए । उनले राजविराज नगरपालिका, प्रदेश सरकार र संघीय सरकार गरि तीनवटै तहका सरकार मिलेर चाडै राजरंगशालाको जिर्णोद्वार गरिने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह