६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२४ पटक हेरिएको
Shares
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 

सारांश

  •     विगत ६ महिनादेखी स्वास्थ्य चौकीमा औषधी अभाव रहेको हुँदा धर्मी हल्फा महिला विकास क्लबले बुधबार एक कार्यक्रमको आयोजना गरि निशुल्क औषधी प्रदान गरेको क्लबका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले जानकारी दिएका छन् ।
  •       स्वास्थ्य चौकीमा चालु आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरही विरपुरस्थित स्वास्थ्य चौकीमा निशुल्क औषधी प्रदान गरिएको छ । 
    विगत ६ महिनादेखी स्वास्थ्य चौकीमा औषधी अभाव रहेको हुँदा धर्मी हल्फा महिला विकास क्लबले बुधबार एक कार्यक्रमको आयोजना गरि निशुल्क औषधी प्रदान गरेको क्लबका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले जानकारी दिएका छन् । 
    स्वास्थ्य चौकीमा चालु आ.ब.को साउन महिनादेखी नै बजेट निकासा नहुँदा औषधीको अभाव भएकोले स्थानियहरुलाई बिरामी पर्दा सहज रुपमा निशुल्क औषधी उपलब्ध होस् भन्ने उद्देश्यले सो औषधी प्रदान गरिएको क्लबका अध्यक्ष ई. यादवको भनाई छ । 
    जिवनजल ३ सय प्याकेट, एक हजार पिस सिटोफेन लगायतका औषधी प्रदान गरिएको सो स्वास्थ्य चौकी प्रमुख सरिता झाले बताइन् । गर्मी बढ्दै जाँदा गाउँ घरमा झाडापखाला लगायत टाउँको दुख्ने र ज्वरो आउने जस्ता रोगका बिरामीहरु आउने गर्दा संस्थाले प्रदान गरेको औषधीले निकै सहज हुने प्रमुख झाको भनाई छ ।
    यसैबीच सोही स्वास्थ्य चौकीमा ४० वर्षदेखी अहेब पदमा कार्यरत सुरेन्द्र मिश्र र स्वास्थ्य चौकी प्रमुख झालाई क्लबका अध्यक्ष ई. यादवले दोसल्ला ओढाई सम्मान समेत गरेका छन् ।  
    सोही कार्यक्रममा ९ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गर्दै उपहार स्वारुप एक एक थान थाल प्रदान समेत गरिएको छ । 
    आयोजित कार्यक्रममा वडा अध्यक्ष बिनोद कुमार यादव, छिन्नमस्ता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मदनेश्वर प्रसाद चौधरी, स्वास्थ्य चौकी लालापट्टीका प्रमुख बालकुमार यादव, स्वास्थ्य चौकी सखडाका शुसिल मण्डल लगायत स्वास्थ्य चौकीमा कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
    यसअघि सोही गाउँपालिकाको वडा नं. ३ स्वास्थ्य चौकी सखडा र वडा नं. ४ स्वास्थ्य चौकी लालापट्टीमा समेत औषधी अभाव भएपछि संस्थाका अध्यक्ष ई. यादवले यसरी नै निशुल्क औषधी प्रदान गरेका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह