दैनिक समाचारदाता
राजविराज, १० असार ।
सप्तरीका एक किसानले कोरोनाकालमा भएको लकडाउनको अवधीमा समस्यामा परेकाहरुलाई विगत आफ्नै लगानी नियमित राहत बितरणमा लागिपरेका छन् ।
राजविराज ९ मलेठका ५० वर्षिय जवाहर यादवले तीन महिनादेखी राहत बितरण कार्यलाई निरन्तरता दिएका छन् ।
बुधबारसम्म उनले २ सय ३७ विपन्न परिवारलाई ६ लाख ५५ हजार मुल्य बराबरको खाद्यान्न राहत स्वरुप बितरण गरिसकेका छन् । सामाजिक कार्यलाई निरन्तरता दिँदै बुधबार पनि उनले दलित बस्तीका ११ परिवारलाई चामल, दाल, खाने तेल र नुन लगायतका राहत सामाग्रि बितरण गरे ।
नेपाल सरकारले पहिलो चरणमा स्थानिय तहमार्फत एक पल्ट बाडेको राहत पाँच दिनमै सकिएपछि हातमुख जोड्न समस्या भएका बेला यादवले तीन पटक राहत प्रदान गरेका छन् ।
विपन्न परिवारलाई संकटबाट जोगाएको र यादवले बाडेको खाद्यान्नले यहाँका धेरै गरिबलाई राहत मिलेको दलित अगुवा राजविराज ९ निवासी चरित्तर सदाले बताए ।
यता समाजसेवी यादवले लकडाउनको प्रभाव अहिलेसम्म देखिएकाले त्यस्ता गरिब परिवारलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइरहने र जनजिवन समान्य अवस्थामा नफर्किएसम्म क्षमताले भ्याएजति गरिब, असहायलाई सहयोग गर्ने क्रम जारि राख्ने उनको भनाई छ ।
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै
सारांश
- राजविराज ९ मलेठका ५० वर्षिय जवाहर यादवले तीन महिनादेखी राहत बितरण कार्यलाई निरन्तरता दिएका छन् ।
- बुधबारसम्म उनले २ सय ३७ विपन्न परिवारलाई ६ लाख ५५ हजार मुल्य बराबरको खाद्यान्न राहत स्वरुप बितरण गरिसकेका छन् ।
- सामाजिक कार्यलाई निरन्तरता दिँदै बुधबार पनि उनले दलित बस्तीका ११ परिवारलाई चामल, दाल, खाने तेल र नुन लगायतका राहत सामाग्रि बितरण गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया