जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, आषाढ १६, २०७७
|
|
२१ पटक हेरिएको
Shares
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन

सारांश

  •     सो पार्टीले सप्तरीमा बिशाल प्रदर्शन गरेको छ ।
  • प्रदेश मन्त्री, पार्टीका केन्द्रिय पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, जिल्ला नेतालगायतको सहभागीतामा सो विरोध प्रदर्शन गरिएको हो ।
  •       वैवाहिक अगिकृत नागरिकताको ७ बर्षे प्रावधान खारेज गर्न, महिलासँगको विभेद अन्त्य गर्न, बेटीरोटीको सम्बन्ध विगार्न नपाइने, मधेशी माथिको अत्याचार बन्द गर्न लगायतको माँग गर्दै बिरोध जुलुस नगरको विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १६ असार ।  
    नागरिकता संशोधन विधेयक विरुद्घ जनता समाजवादी पार्टीले मंगलबार देशभरी प्रदर्शन गरेको छ । 
    सो पार्टीले सप्तरीमा बिशाल प्रदर्शन गरेको छ । प्रदेश मन्त्री, पार्टीका केन्द्रिय पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, जिल्ला नेतालगायतको सहभागीतामा सो विरोध प्रदर्शन गरिएको हो । 
    वैवाहिक अगिकृत नागरिकताको ७ बर्षे प्रावधान खारेज गर्न, महिलासँगको विभेद अन्त्य गर्न, बेटीरोटीको सम्बन्ध विगार्न नपाइने, मधेशी माथिको अत्याचार बन्द गर्न लगायतको माँग गर्दै बिरोध जुलुस नगरको विभिन्न स्थानको परिक्रमा गरेको थियो । 
    सो क्रममा सहभागिहरुले प्रधानमन्त्री विरुद्घ समेत चर्को नारावाजी गरेका थिए । महिलाहरुको उल्लेख्य सहभागीतामा स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निस्केको जुलुस नगरपरिक्रमा पश्चात् स्थानिय गजेन्द्र चौकमा पुगी विरोध सभामा परिणत भएको थियो । 
    विरोध सभाका सहभागी वक्ताहरुले सरकारले नागरिकता सम्बन्धी ल्याएको संशोधन विधेयक मधेश विरोधी रहेको आरोप लगाउँदै सरकारले निरंकुश शैलीमा नागरिकता विधेयक ल्याएर मधेश प्रतिको विभेद मात्र नभएर सदियोदेखि भारतसँग रहेको रोटी र बेटीको सम्बन्ध बिर्गान खोजेको आरोप समेत लगाएका छन् । 
    जनता समाजवादी पार्टीका नेता केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभालाई प्रमुख अतिथि प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह, संघिय सांसद डा. सुर्य नारायण यादव, जनता समाजवादी पार्टीका नेता गजेन्द्र मण्डल, अमरनाथ मण्डल, दिपेन्द्र चौधरी, दिनेश यादव, नगरप्रमुख शम्भु यादव, शैलेश साह, शिव नारायण साह, गाउँपालिका प्रमुख सतिश सिंह, हरेराम यादव, दयानन्द गौईत, महिला नेतृ साधना झा, पुनम यादव लगायतले संशोधन विधेयक खारेज नभएसम्म सडक र सदन दुवै ठाउँबाट संघर्ष जारी राख्ने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध
एमसीसी बिरुद्ध सत्ता गठबन्धनका एक पक्षको जनवर्गिय संगठनद्वारा बिरोध
समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत
समानुपातिक रुपमा बराबर पर्ने गरी सडकको विस्तार एवं निर्माण गर्नु÷गराउनु ः अदालत
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ