दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
प्रादेशिक क्रिकेट संघ, प्रदेश नं. २ को शनिवार सम्पन्न अनलाईन अन्तरकृयाबाट प्रदेश २ का सबै क्रिकेट खेलाडीहरुको कोरोना बिमा गरिने निर्णय गरेको छ ।
सम्पन्न अन्तरक्रियाबाट बिश्वभर बिक्राल रुप लिएको कोरोनाबाट सुरक्षाको लागि प्रदेशका सम्पुर्ण खेलाडिहरुलाई सुरक्षाका उपाय बारे जनचेतना गराउने तथा प्रदेशका नियमित पुरुष तथा महिला खेलाडिहरुको कोभिड बिमा गर्ने निर्णय गरेको हो ।
प्रदेश मातहतमा रहेका सम्पुर्ण ८ जिल्लाकै नियमित खेलाडिहरुको कोभिड बिमा अनिवार्य गर्न जिल्ला क्रिकेट संघहरुलाई निर्देशन दिने समेत निर्णय भएको जानकारी प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसै गरि अवस्था सामान्य भई यातायात संचालनमा आउनासाथ प्रदेश स्तरीय ओ लेभलको अम्पाएर स्कोरिंग तालिमको आयोजना गर्ने जिम्मेवारी सप्तरी क्रिकेट संघलाई दिने समेत निर्णय भएको श्रेष्ठले बताए ।
प्रदेशका न्युन आए भएका तथा कोभिडका कारणले जिविकोपार्जन गर्न कठिनाई भएका खेलाडिहरुको नामावली संकलन गरि प्रदेशमा पेश गर्ने जिम्मेवारी प्रदेशका सदस्य सुभाष जयसवाललाई दिएको निर्णय समेत गरिएको छ ।
हाल दुवै किडनी खराव भएका तथा कोरोनाले समेत ग्रसित खेलाडि कुन्दन सिंह बचाउ अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिदै कुन्दन सिंहलाई किडनी दाता पाए पश्चात् प्रत्यारोपणको लागि आवश्यक सहयोगको लागि समेत प्रदेशले आवश्यक सहयोग गर्न पहल गर्ने समेत निर्णय भएको श्रेष्ठले जानकारी दिए ।
प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षता सम्पन्न उक्त अन्तरकृयामा नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं प्रदेश सदस्य रोशन सिंहको प्रमुख आतिथ्यता एवं नेपाल क्रिकेट संघकै सदस्यद्धय माधव कर्मचाय र दाउद अन्सारीको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने
सारांश
- सम्पन्न अन्तरक्रियाबाट बिश्वभर बिक्राल रुप लिएको कोरोनाबाट सुरक्षाको लागि प्रदेशका सम्पुर्ण खेलाडिहरुलाई सुरक्षाका उपाय बारे जनचेतना गराउने तथा प्रदेशका नियमित पुरुष तथा महिला खेलाडिहरुको कोभिड बिमा गर्ने निर्णय गरेको हो ।
- प्रदेश मातहतमा रहेका सम्पुर्ण ८ जिल्लाकै नियमित खेलाडिहरुको कोभिड बिमा अनिवार्य गर्न जिल्ला क्रिकेट संघहरुलाई निर्देशन दिने समेत निर्णय भएको जानकारी प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी दिएका छन् ।
- त्यसै गरि अवस्था सामान्य भई यातायात संचालनमा आउनासाथ प्रदेश स्तरीय ओ लेभलको अम्पाएर स्कोरिंग तालिमको आयोजना गर्ने जिम्मेवारी सप्तरी क्रिकेट संघलाई दिने समेत निर्णय भएको श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया