दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
कारागार कार्यालय सप्तरीका कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीहरुलाई मंगलबार सरसफाई सामाग्रिहरु प्रदान गरिएको छ ।
प्रदेश २ कार्यालय यूनिसेफको सहयोग तथा एनसिभी नेपाल र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहजिकरणमा सो सामाग्रि प्रदान गरिएको हो ।
कारागार कार्यालयमा आयोजित सामाग्रि प्रदान कार्यक्रममा सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले कारागारमा रहेका कैदीबन्दीहरू मध्ये कोरोना संक्रमित भएका १ सय ४ जना कैदीहरूलाई सरसफाई समाग्री वितरण गरेको जानकारी दिएका छन्् । हाल सबै कैदीबन्दीहरु कोरोना मुक्त भइसकेका छन् ।
बितरण गरिएको सामाग्रिहरुमा तौलिया, टुटपेष्ट, ब्रस, नुहाउने साबुन, कपडा धुने साबुन, काइयो तथा महिलाहरुका लागि सेनिटरी प्याड रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।
सो अवसरमा कारागार प्रमुख संजय कुमार राम, प्रहरी निरिक्षक कुशराम कार्की, पत्रकार धिरेन्द्र प्रसाद साह, अमरनाथ मण्डल, नविनकुमार गुप्ता, संजिव बिक्रम साह, संस्थाका कर्मचारी लगायतका उपस्थिति रहेको थियो ।
यता एक सय २५ कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागारमा क्षमता भन्दा झण्डै तेब्बर ३ सय ५५ जना कैदीबन्दी रहेका छन् । जसमध्ये १६ जना महिला कैदीबन्दीसहित एक बालक पनि छन् । सोही कारागारमा २ महिला र १४ पुरुष गरि १६ जना भारतीय कैदीबन्दी समेत रहेको कारागार प्रमुख संजयकुमार रामले जानकारी दिए ।
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
सारांश
- प्रदेश २ कार्यालय यूनिसेफको सहयोग तथा एनसिभी नेपाल र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सहजिकरणमा सो सामाग्रि प्रदान गरिएको हो ।
- कारागार कार्यालयमा आयोजित सामाग्रि प्रदान कार्यक्रममा सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले कारागारमा रहेका कैदीबन्दीहरू मध्ये कोरोना संक्रमित भएका १ सय ४ जना कैदीहरूलाई सरसफाई समाग्री वितरण गरेको जानकारी दिएका छन्् ।
- हाल सबै कैदीबन्दीहरु कोरोना मुक्त भइसकेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया