प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै

राजविराज राजविराज
|
बुधबार, मंसिर २४, २०७७
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै

सारांश

  •     सो प्रतियोगिता मंसिर २८ गते देखि राजबिराजस्थित राजरंगशाला मैदान हुने सप्तरी क्रिकेट संघका अध्यक्ष एवं प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन ।
  •     उक्त छनोट प्रतियोगितामा प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्साको सहभागिता रहेछन् भने सो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट भई प्रदेश २ महिला क्रिकेट टोली चयन गरिने क्रिकेट संघका प्रदेश सचिव श्रेष्ठले जानकारी दिए ।
  •       सो टोलीले पुस ११ गतेदेखि दाङको लमहीमा संचालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागी प्रदेश स्तरिय महिला क्रिकेट छनोट प्रतियोगता राजविराजमा हुने भएको छ । 
    सो प्रतियोगिता मंसिर २८ गते देखि राजबिराजस्थित राजरंगशाला मैदान हुने सप्तरी क्रिकेट संघका अध्यक्ष एवं प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन ।
    उक्त छनोट प्रतियोगितामा प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्साको सहभागिता रहेछन् भने सो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट भई प्रदेश २ महिला क्रिकेट टोली चयन गरिने क्रिकेट संघका प्रदेश सचिव श्रेष्ठले जानकारी दिए । 
    सो टोलीले पुस ११ गतेदेखि दाङको लमहीमा संचालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिए ।
    यसअघि प्रदेश स्तरिय प्रतियोगिताका लागि नितु कुमारी चौधरीको नेतृत्वमा सप्तरी महिला क्रिकेट टोली घोषणा गरिएको छ । सो टोलीमा अंजली चौधरी, सीता चौधरी, सृजना चौधरी, सन्जना चौधरी, नबिता चौधरी, निरूता चौधरी, संगिता चौधरी, मंजु कुमारी राम, रबिना चौधरी, संतोषी चौधरी, दिपमाला चौधरी, सुस्मिता चौधरी, कृति चौधरी प्रियंका चौधरी चयन भएका छन् ।
    यसैबीच मंसिर २५ गते हुन लागेको प्रदेश स्तरिय छनोट क्रिकेट प्रतियोगिताका महबुब आलमको नेतृत्वमा सिनियर (पुरूष) सप्तरी क्रिकेट टिमको घोषणा गरिएको छ ।
    सो टोलीमा रोहित सिंह (उपकप्तान), बिवेक यादब, रोहन बिक, अमित यादब, बिकास दास, गुणानन्द राय, आशिष झा, रोबिन सिंह, सिमान्त राय, अनुज यादब, अजय यादब, निरज यादब, अमित दासलाई चयन गरिएको छ । यसैगरी बैकल्पिक खेलाडीमा राहुल मण्डल, अनिल यादब, गोमानन्द अमात्य, दिपेश सरदारलाई चयन गरिएको सप्तरी क्रिकेट संघका सचिव यादबले जानकारी दिए ।
    त्यस्तै प्रदेश २ का लागि पुरूष तर्फको क्रिकेट छनोट प्रतियोगिता मंसिर २५ देखि धनुषाको जनकपुर र बाराको कलैयामा हुनेछ । सो प्रतियोगिताबाट प्रदेश २ पुरुष क्रिकेट टिमको चयन गरिने र चयन गरिएको टोलीले पुस ११ गतेदेखी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् । 
    सप्तरी क्रिकेट संघले मंसिर १७ गते देखि २० गते सम्म संचालन गरेको बन्द प्रशिक्षणबाट महिला र पुरुष क्रिकेट टोलीको चयन गरेको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
परिवारजनले मदिरा सेवा नगर्न सम्झाउँदा  यूवकले पोखरीमा हामफालेर ज्यान गुमाए
नेजपाको फरक शैलीमा चुनावी अभियान
नेजपाको फरक शैलीमा चुनावी अभियान
डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता
डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता
सहिद राममनोहरको सम्झनामा रक्तदान   
सहिद राममनोहरको सम्झनामा रक्तदान   
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
नगर सल्लाहकार समितिद्वारा अनुगमन
नगर सल्लाहकार समितिद्वारा अनुगमन

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह