दुई करोड ५३ लाखको लगानीमा  स्वास्थ्य चौकी भवन निर्माण

राजविराज राजविराज
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
१९ पटक हेरिएको
Shares
दुई करोड ५३ लाखको लगानीमा  स्वास्थ्य चौकी भवन निर्माण

सारांश

  •     प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उक्त स्वास्थ्य चौकी भवनको एक समारोहबीच उद्घाटन गरेका हुन् ।
  •       स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री साहले प्रदेशका सबै स्थानिय तहमा आधारभुत स्वास्थ्य सेवा पु¥याउन आफू लागि परेको बताए ।
  • विगत ३० वर्षमा हुन नसकेको विकास कार्य दुई महिनामै प्रदेश २ सरकारले गरेर देखाइदिएको दाबी गर्दै उनले उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सोचका साथ आफूहरु अघि बढेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरमा सोमबार सुविधा सम्पन्न स्वास्थ्य चौकी संचालनमा आएको छ । 
    प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उक्त स्वास्थ्य चौकी भवनको एक समारोहबीच उद्घाटन गरेका हुन् । 
    स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री साहले प्रदेशका सबै स्थानिय तहमा आधारभुत स्वास्थ्य सेवा पु¥याउन आफू लागि परेको बताए । विगत ३० वर्षमा हुन नसकेको विकास कार्य दुई महिनामै प्रदेश २ सरकारले गरेर देखाइदिएको दाबी गर्दै उनले उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सोचका साथ आफूहरु अघि बढेको बताए । 
    उनले यस स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र प्रसुती सेवासमेत संचालनको व्यवस्थाको साथै आवश्यक जनशक्ति, औषधी र उपकरण समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहले बिरामीले घरदैलोमै उपचार सेवा पाउनेगरि प्रदेश सरकार अघि बढेको र यसमा सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता औल्याए । 
    उद्घाटनसँगै १३ कोठे दुई तल्ले स्वास्थ्य चौकी भवनबाट थप सेवासहितको उपचार सेवा समेत प्रारम्भ भएको छ । सहरी विकास मन्त्रालयको सहयोगमा मुल्य अभिबृद्धी कर बाहेक २ करोड ५३ लाखको लगानीमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनबाट बहिरङ्ग सेवाका साथै सुरक्षित मातृत्व, परिवार नियोजन, पोषण, क्षयरोग, औलो तथा कुष्ट रोग नियन्त्रण लगायत १६ वटा स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य चौकीका प्रमुख योगेन्द्र प्रसाद करोडिया यादवले जानकारी दिए । 
    कार्यक्रममा जग्गादाता शैलेन्द्र चन्द्र झालाई प्रमुख अतिथि मन्त्री साहले दोसल्ला ओढाई सम्मान गरेका थिए । समाजसेवी एवं सप्तरीका चर्चित राजनीतिज्ञ स्व. कृष्णदेव झा र उनका धर्मपत्नि स्व. तारादेवी झाको स्मृती एवं सम्मानमा उनकै छोरा शैलेन्द्र चन्द्र झा र बुहारी संजुदेवीले स्वास्थ्य चौकी भवन निर्माणका लागि झण्डै डेढ करोड मुल्य पर्ने सात कठ जग्गादान गरेका थिए । 
    नागेश्वर मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरितादेवी यादव, काँग्रेसका वरिष्ठ नेता नागेन्द्र झा, जसपा नेता जयप्रकाश ठाकुर लगायतले पनि शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?