दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
डबल राउण्ड रोबिन टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखी राजविराजमा सुरु भएको छ ।
राजरंगशालामा एक कार्यक्रमबीच राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ तथा नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बलिङगरि उद्घाटन गरेका हुन् ।
क्रिकेट विकास प्रतिष्ठान राजविराजद्वारा दोश्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्रिकेट विकास प्रतिष्ठानले शिब्स इन्टरनेशनल बोर्डिङ स्कुल राजविराजलाई ६३ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको प्रतिष्ठानले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो ।
१ सय ४६ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङ गरेको शिब्सले १४ ओभरमै सबै विकेट गुमाई ८२ रन मात्र जोड्न सक्यो । उक्त खेलको म्यान अफ द म्याच बिजयी टिमका रबिन्द्र यादव घोषित भए ।
यसअघि प्रतिष्ठानका अध्यक्ष ईं इन्द्रनारायण देवको अध्यक्षताम आयोजित उद्घाटन समारोहमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रेस स्वतन्त्रा सेनानी बैजनाथ झा, क्रिकेट संघका सचिव चन्दन यादव, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज माझी, समाजसेवी मिरा देव लगायतले प्रतियोगिता सफलताको शुभकामना दिए ।
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
सारांश
- राजरंगशालामा एक कार्यक्रमबीच राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ तथा नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बलिङगरि उद्घाटन गरेका हुन् ।
- क्रिकेट विकास प्रतिष्ठान राजविराजद्वारा दोश्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्रिकेट विकास प्रतिष्ठानले शिब्स इन्टरनेशनल बोर्डिङ स्कुल राजविराजलाई ६३ रनले पराजित गरेको छ ।
- टस जितेर ब्याटिङ रोजेको प्रतिष्ठानले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया