दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
असहाय तथा विपन्नलाई बिहीबार एक गैरसरकारी संस्थाले इस्लामिक विकास बैंकको सहयोगमा राहत सामाग्रि बितरण गरेको छ ।
मुद्दि मोहरम स्मृती कल्याणकारी प्रतिष्ठानले साउदी अरबस्थित इस्लामिक विकास बैंकको सहयोगमा सो राहत बितरण गरेको हो ।
पहिलो चरणमा २ सय असहाय तथा विपन्नलाई २५ किलो चामल, १० किलो दाल, १० किलो आलु, ५ लिटर खाने तेल, ३ किलो प्याजका साथै सेनिटाइजर, माक्स र साबुन लगायतका सामाग्रि बितरण गरेको प्रतिष्ठानका उपाध्यक्ष इर्साद अन्सारीले जानकारी दिएका छन् ।
प्रतिष्ठानका उपाध्यक्ष अन्सारीले पहिलो चरणमा दुई सय जना असहाय र विपन्नलाई राहत बितरण गरिएको जनाउँदै एक हजार जनाको सूची तयार गरिसकेकाले बाँकी ८ सय गरिब, असहायलाई पनि केही दिनभित्रै राहत बितरण गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।
यता प्रतिष्ठानका अध्यक्ष हासिम अन्सारीले राहत बितरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि राजविराजमा एक सय बेडको अस्पताल निर्माणका लागि इस्लामिक बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार एक हजार जना कोरोना प्रभावित असहाय तथा विपन्नलाई राहत बितरण गरिरहेको बताए ।
यस्तै राहत पाएर घर फर्किदै गरेकी राजविराज ४ की सीता कार्कीले प्रतिष्ठानले गरेको कार्य मानविय दृष्टिकोणबाट महत्वपूर्ण रहेको भन्दै यसबाट आफू निकै खुशी र हर्षित भएको बताइन् ।
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
सारांश
- मुद्दि मोहरम स्मृती कल्याणकारी प्रतिष्ठानले साउदी अरबस्थित इस्लामिक विकास बैंकको सहयोगमा सो राहत बितरण गरेको हो ।
- पहिलो चरणमा २ सय असहाय तथा विपन्नलाई २५ किलो चामल, १० किलो दाल, १० किलो आलु, ५ लिटर खाने तेल, ३ किलो प्याजका साथै सेनिटाइजर, माक्स र साबुन लगायतका सामाग्रि बितरण गरेको प्रतिष्ठानका उपाध्यक्ष इर्साद अन्सारीले जानकारी दिएका छन् ।
- प्रतिष्ठानका उपाध्यक्ष अन्सारीले पहिलो चरणमा दुई सय जना असहाय र विपन्नलाई राहत बितरण गरिएको जनाउँदै एक हजार जनाको सूची तयार गरिसकेकाले बाँकी ८ सय गरिब, असहायलाई पनि केही दिनभित्रै राहत बितरण गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया