दैनिक समाचारदाता
राजविराज, २० पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ स्थित भिमा खोलामा काठेपुल बिस्थापित गरि पक्की पुलको निर्माण कार्य सोमबारदेखी सुरु भएको छ ।
राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले सो पुलको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
संघीय सरकारद्वारा प्रदेश २ सरकारमार्फत प्राप्त १ करोड ७७ लाख ४० हजार ६ सय रुँपैयाको लागतमा सो पुल निर्माण कार्य सुरु भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
शिलान्यास भएको मितिले वर्ष दिन भित्रै पुलको निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको र पूर्वाधार विकास कार्यालयद्वारा गरिएको टेन्डरबाट सोको ठेक्का धरानस्थित सूर्या एण्ड सन्स प्रालिले जिम्मा पाएको अध्यक्ष सिंहले बताए ।
पक्की पुल निर्माण कार्यले त्यस भेगका हजारौं जनता लाभान्वित हुने राष्ट्रियसभा सदस्य सिंहले बताए । भिमा खोलामा वर्षौदेखी बाँस र काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका त्यस भेगका जनता पक्की पुल निर्माण निश्चित भएपछि खुशी भएका छन् ।
वर्षौदेखी जिर्ण रहेको काठेपुल बिस्थापित गरि पक्की पुल निर्माण हुँदै
सारांश
- राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले सो पुलको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
- संघीय सरकारद्वारा प्रदेश २ सरकारमार्फत प्राप्त १ करोड ७७ लाख ४० हजार ६ सय रुँपैयाको लागतमा सो पुल निर्माण कार्य सुरु भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
- शिलान्यास भएको मितिले वर्ष दिन भित्रै पुलको निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको र पूर्वाधार विकास कार्यालयद्वारा गरिएको टेन्डरबाट सोको ठेक्का धरानस्थित सूर्या एण्ड सन्स प्रालिले जिम्मा पाएको अध्यक्ष सिंहले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया