दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फाइनल खेलामा कोइलाडी र सकरपुरा भिड्ने भएका छन् । वडा नं. ४ कोइलाडी र वडा नं. ३ सकरपुराबीच बुधबार फाइनल खेल हुदैछ ।
यता मंगलबार सम्पन्न खेलमा वडा नं. ५ को. बर्साइनले वडा नं. १ तिलाठीलाई ५१ रनले पराजित गरेको छ । सम्पन्न खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको वडा नं. ५ को. बर्साइनले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाई १३४ रन बनाएको थियो । जसमा दिपेश सरदारले विष्फोटक ब्याटिङ गर्दै २ छक्का र ४ चौकाको मद्तले २२ बलमा ३७ रन बनाए भने राजेश रजकले एक छक्का र ३ चौकाको मद्तले अविजित ३४ रन तथा कृष्णा साहले १५ र प्रकाश मण्डलले १४ रनको योगदान दिए ।
तिलाठीको लाागि मुकुन्द मोहन मिश्र, जितेन्द्र यादव, मुकुन्द माधव मिश्रा, लक्ष्मी राय र श्रवण मोहम्मदले १÷१ विकेट लिए । १ सय ३५ रन पछ्याएको तिलाठी टिम १७ ओभर १ बलमा अल आउट हुँदै ८३ रन मात्र जोड्न सक्यो । तिलाठीकालागि श्रवण मोहम्मदले ७ चौकाको मद्तले सर्वाधिक ३४ रन बनाएका थिए भने लक्ष्मी रायले १६ तथा जितेन्द्र यादवले अविजित १० रन बनाएका थिए ।
को. बर्साइनकालागि राजेश रजकले घातक बलिङ गर्दै ३ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए भने दिपेश मण्डलले ३, दिपेश सरदारले २ तथा कृष्णा साहले १ विकेट लिंदै आफ्नो टिमलाई जित दिलाए । उक्त खेलमा को. बर्साइन टिमका राजेश रजकलाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले ट्रफी प्रदान गरे ।
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
सारांश
- यता मंगलबार सम्पन्न खेलमा वडा नं.
- ५ को.
- बर्साइनले वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया