भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

सारांश

  •     जिल्ला समन्वय समिति सप्तरीको हाताभित्र रहेको भवनमा आयोगको कार्यालय उद्घाटन गरिएको हो ।
  •       समन्वय समितिका सभापति प्रभाकर यादव र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले संयुक्त रुपमा रिबन काटेर सो कार्यालयको उद्घाटन गरे ।
  •       आयोगका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समनवय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत । 
    भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति सप्तरीको शुक्रबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको छ । 
    जिल्ला समन्वय समिति सप्तरीको हाताभित्र रहेको भवनमा आयोगको कार्यालय उद्घाटन गरिएको हो । 
    समन्वय समितिका सभापति प्रभाकर यादव र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले संयुक्त रुपमा रिबन काटेर सो कार्यालयको उद्घाटन गरे । 
    आयोगका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समनवय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 
    कार्यालय उद्घाटन पश्चात् आयोगका नवनियुक्त अध्यक्ष चौधरीले सत्यतथ्य प्रमाणको आधारमा भूमिहीनलाई जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लामा ३० हजार बढी दलित, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासोवासी रहेको जानकारी दिएका छन् । 
    ती अव्यवस्थित वासोवासीहरुलाई व्यवस्थित रुपले भूमि दिनका लागि जिल्लाको १३ वटा पालिकासँग सम्झौता गरिसकेको बताउँदै बाँकी रहेका शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजगढ गाउँपालिका र विष्णुपुर गाउँपालिकासँग एक हप्ताभित्रै सम्भौता गरिसक्ने बताए । 
    स्थानिय पालिका तथा सो पालिका अन्तरगतका वडाहरुमा सहजिकरण समिति समेत गठन भइसेकेको र ती समितिले १५ दिने वा ७ दिने सूचना प्रकाशित गर्नुपर्ने, सार्वजनिक सुनुवाई गर्नुपर्ने, दलित, भूमिहीन, अव्यवस्थित बसोवासीहरुको अनुमोदन गरि जिल्ला समितिमा पठाउनु पर्ने प्रावधान रहेको छ । 
    अध्यक्ष चौधरीका अनुसार समितीमा आएका सिफारिसहरुलाई पालिकामा रहेको सहजिकरण समितिले समेत अनुमोदन गरेर जिल्ला समितिमा पठाएपछि त्यहा रहेका सात सदस्यीय समितिले अन्तिम पटक अनुमोदन गरेर जग्गाका लागि सिफारिस तथा सोको प्रक्रिया अगाडी बढाइने जनाए । 
    ती सात सदस्यीय समितिमा आयोगका अध्यक्ष, भूमि विज्ञ, महिला सदस्य, जिल्ला डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला मालपोत कार्यालयका प्रमुख तथा जिल्ला नापी विभागका प्रमुख छन् । 
    सरकारले गत माघ १५ गते एकै पटक ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या आयोग गठन गरेको थियो । जस अन्तरगत सप्तरीमा देवनारायण चौधरीको अध्यक्षतामा जयप्रकाश ठाकुर विज्ञ सदस्य तथा महिला सदस्यमा जित कुमारी पौडेललाई नियुक्त गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
प्रतिष्ठान मधेश प्रदेशको मात्र नभई समग्र मुलुककै गौरवको रुपमा रहेको छ ः कानुन मन्त्री गुरुङ
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार 
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार