प्रहरीसँग आउनुस, समस्याको समाधान  हुन्छ ः प्रदेश प्रहरी प्रमुख पाल

राजविराज राजविराज
|
शुक्रबार, पौष १३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रहरीसँग आउनुस, समस्याको समाधान  हुन्छ ः प्रदेश प्रहरी प्रमुख पाल

सारांश

  •     सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित ठेलियामा शुक्रबार नवनिर्मित इलाका प्रहरी कार्यालयको उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख पालले प्रहरीसँग समस्या लिएर आएमा समस्या समाधान हुने विश्वास दिलाए ।
  •       उनले समाजमा शान्ती, सुरक्षा कायम गर्न तथा समाजमा रहेको बिकृती बिंसगतीलाई हटाउन प्रहरी ईमान्दारी पूर्वक काम गरि रहेको दाबी गर्दै नेपाल प्रहरीले निस्वार्थ भावनाले सेवा दिन प्रतिबद्द रहेको तथा अपराध न्युनिकरण गर्न, महिला हिँसा बिरूद्द प्रहरी दिन रात खटिरहेको बताए ।
  •     खुल्ला सिमानामा हुने अपराध नियन्त्रण गर्ने चोरी, तस्करी नियन्त्रण गर्ने प्रयास भईरहेको जानकारी दिँदै उनले भने, “अपराध भइरहेको छ, त्यसको सही सुचना दिनुछ, हामी सेवा दिन तयार छांै ।

चन्दन यादव
राजविराज, १३ पुस । 
    नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक तथा प्रदेश २ का प्रहरी प्रमुख हरि बहादुर पालले गलत मानिसको प्रभावमा बिचौलीयाको सहयोग लिएर वा प्रलोभनमा नपरेर सिधै प्रहरी सँग समस्या राख्न आग्रह गरेका छन् । 
    सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित ठेलियामा शुक्रबार नवनिर्मित इलाका प्रहरी कार्यालयको उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख पालले प्रहरीसँग समस्या लिएर आएमा समस्या समाधान हुने विश्वास दिलाए । 
    उनले समाजमा शान्ती, सुरक्षा कायम गर्न तथा समाजमा रहेको बिकृती बिंसगतीलाई हटाउन प्रहरी ईमान्दारी पूर्वक काम गरि रहेको दाबी गर्दै नेपाल प्रहरीले निस्वार्थ भावनाले सेवा दिन प्रतिबद्द रहेको तथा अपराध न्युनिकरण गर्न, महिला हिँसा बिरूद्द प्रहरी दिन रात खटिरहेको बताए ।
    खुल्ला सिमानामा हुने अपराध नियन्त्रण गर्ने चोरी, तस्करी नियन्त्रण गर्ने प्रयास भईरहेको जानकारी दिँदै उनले भने, “अपराध भइरहेको छ, त्यसको सही सुचना दिनुछ, हामी सेवा दिन तयार छांै ।”
    कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले प्रहरी र सुमदाय नमिले समाजमा शान्ति सुरक्षा कायम गर्ने असम्भव रहेकोले प्रहरी र नागरिकको सम्बन्ध सुमधुर बनाई अपराध नियन्त्रण गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए ।
    उनले शान्ति सुरक्षा, कायम गर्न ईलाका प्रहरी कार्यलय निर्माण जस्तै शान्ती सुरक्षा कायम होस भन्ने सोच जस्तै काम हुने, बिश्वास व्यक्त गरे ।
    सो कार्यक्रममा कंचनरूप नगरपालिका प्रमुख वसन्त मिश्रले प्रहरीले निस्वार्थ भावनाले सेवा दिन प्रयासरत रहेकोमा आफू बिश्वास्त रहेको बताए । 
    सो अवसरमा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष जितेन्द्र खड्गाले जनमैत्री सेवा प्रदान गर्न, शान्ति सुरक्षा कायम गर्न, नागरिक र प्रहरी बिचको सम्बन्धलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिए ।
    स्थानिय समाजसेवी श्रवण बिष्टले २ कठा १० धुर जग्गा प्रदान पश्चात् नेपाल सरकार, नेपाल प्रहरी प्रधान कार्यलयको नियमित बजेटवाट कुल १ करोड ९० लाख ६० हजार ७ सय ४७ रूपैयाको लागतमा १० कोठे ईलाका प्रहरी कार्यलय ठेलिया भवनको निर्माण गरिएको हो ।
    नव निर्मित तीन तल्ले ईलाका प्रहरी कार्यालय भवनमा ब्यारेक, भान्छा घर, नागरिक सहायता कक्ष, संचार कक्ष, हिरासत कक्ष, किचेन, डाईनिंग, महिला र पुरूषको लागि शौचालय लगायतका पुर्वाधार रहेको छ । 
    सो अवसरमा समाजसेवी श्रवण बिष्टका दाई प्रभु बहादुर बिष्टलाई प्रहरी नायव महानिरिक्षक पालले दोसला औढाई कदर पत्र सहित सम्मान गरे ।
    सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यकममा सप्तकोसी नगरपालिका प्रमुख उत्तम गौतम, अग्नी साईर कृष्णसावरण गाँउपालिका अध्यक्ष परशुराम चौधरी, कंचनरूप नगरपालिका उपप्रमुख निरू पोखरेल, कंचनरूप नपा वडा ११ अध्यक्ष जिवरिल मियाँ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य प्रहरी नायव उपरिक्षक भावेश रिमालले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
संसद विघटनको कदमप्रति चुप लागेर  बस्ने अवस्था छैन ः कृष्ण पहाडी
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
करेन्ट लागेर बृद्धको मृत्यु
करेन्ट लागेर बृद्धको मृत्यु
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
बढ्यो चिसो, जनजीवन प्रभावित
बढ्यो चिसो, जनजीवन प्रभावित
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
मलेशियामा सप्तरीका प्रमोद भिनवारको मृत्यु
मलेशियामा सप्तरीका प्रमोद भिनवारको मृत्यु
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह