आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु

राजविराज राजविराज
|
सोमबार, श्रावण २५, २०७८
|
|
२५ पटक हेरिएको
Shares
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु

सारांश

  •     २०७८ बैशाख देखी स्थापना भएको सो अस्पतालबाट आँखा सम्बन्धी रोगको उपचारका साथै जटिल प्रकृतीका शल्यक्रिया समेत सुरु भएपछि आँखा रोगले पीडितहरुलाई सहज समेत भएको छ ।
  •       यसैबीच आइतबार सो अस्पतालमा राजविराज १ का ६५ वर्षिय कृष्णदेव ठाकुर र तिलाठी कोइलाडी गाउँपालिका ७ की ७२ वर्षिया प्रमितादेवी सिंहको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको छ ।
  •       मोतियाबिन्दुका साथै आँखामा मासु पलाएका दुबैजनाको डा.

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 
    राजविराजस्थित आई एण्ड जनरल हस्पिटल प्रालिले आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु गरेको छ । 
    २०७८ बैशाख देखी स्थापना भएको सो अस्पतालबाट आँखा सम्बन्धी रोगको उपचारका साथै जटिल प्रकृतीका शल्यक्रिया समेत सुरु भएपछि आँखा रोगले पीडितहरुलाई सहज समेत भएको छ । 
    यसैबीच आइतबार सो अस्पतालमा राजविराज १ का ६५ वर्षिय कृष्णदेव ठाकुर र तिलाठी कोइलाडी गाउँपालिका ७ की ७२ वर्षिया प्रमितादेवी सिंहको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको छ । 
    मोतियाबिन्दुका साथै आँखामा मासु पलाएका दुबैजनाको डा. महेश यादव र डा. हरिश यादवको चिकित्सक टोलीले आधुनिक उपकरणको सहायताले सफल शल्यक्रिया गरेका हुन् । 
    अत्याधुनिक सर्जरी सेवा सुरु गरेको अस्पतालमा दुई जना दृष्टि रोग विशेषज्ञ, एक जना अपथालमिक अफिसर र ६ जना अप्टोमेट्रिससहित १९ जना स्वास्थ्यकर्मी र कर्मचारी स्वास्थय सेवाका लागि कार्यरत रहेको सो अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?