काँग्रेस नगरसभापतिमा झा विजयी

राजविराज राजविराज
|
मंगलबार, मंसिर ७, २०७८
|
|
२५ पटक हेरिएको
Shares
काँग्रेस नगरसभापतिमा झा विजयी

सारांश

  •     झाले ५ मतको अन्तरले प्रतिस्पर्घी धु्रव प्रसाद देवलाई पराजित गरेका हुन् ।
  • झाले १ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी देवले १ सय ७ मत प्राप्त गरे ।
  •       मतदान सम्पन्नपछि दुई दिन सम्म चलेको मतगणना पश्चात मंगलवार विहान चुनावी नतिजा सार्वजनिक गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर । 
    नेपाली काँग्रेसको राजविराज नगरपालिकाको नगर सभापतीमा आनन्द झा निर्वाचित भएका छन् । 
    झाले ५ मतको अन्तरले प्रतिस्पर्घी धु्रव प्रसाद देवलाई पराजित गरेका हुन् । झाले १ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी देवले १ सय ७ मत प्राप्त गरे । 
    मतदान सम्पन्नपछि दुई दिन सम्म चलेको मतगणना पश्चात मंगलवार विहान चुनावी नतिजा सार्वजनिक गरिएको हो । 
    सभापति पदका उम्मेदवार देव १५ मत बदर भएका कारण पराजित हुन पुगेका छन् । देव पक्षमा गरिएको मत संकेत कोठा बाहिर र नाममै रेजा लगाइएका कारण १५ मत बदर भएको निर्वाचन समितीका सदस्य शैलेन्द्र मण्डलले जानकारी दिए । 
    यता सभापतीमा देव पराजित भएपनि अन्य बाँकी अधिकाँस पदमा भने उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । 
    ८७ सदस्य कार्य समतिीमा केही निर्विरोध पद सहित झा समुहका २४ र देव समुहका ६३ जना निर्वाचित भएको सप्तरी काँग्रेसका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् । 
    उपाध्यक्षका दुबै पद देव समुहका अनिल कुमार यादव र प्रमोद कुमार दासले जितेका छन् । दुई सचिव पदमा भने देव पक्षका उम्मेदवार विश्वनाथ दास र झा पक्षका सुनिल परियार निर्वाचित भएका छन । 
    यस्तै वडा सदस्य पदमा देव पक्षका अन्जना कुमारी माझी, विनोद कुमार माझी र राम नारायण मण्डल सर्वधिक मत ल्याई निर्वाचित भएका छन् । सदस्य पदमा देव समुह कै मालती देवी यादव, हरिनारायण दास, सिमा कुमारी रजक, लक्षमण साह, कृष्णा देवी चौधरी, गणेश साह, मन्टु देव, ललित नारायण मेहता, सच्चिन्द कुमार यादव, श्याम कुमारी यादव, सुकनी देवी यादव, शिव नारायण यादव, सुमित्रा देवी यादव, प्रयाग यादव, रामचन्द्र यादव, सियादेवी यादव, राजकुमार यादव, लक्षमण यादव, प्रतिमा देवी यादव, शिवनन्दन यादव, बालकृष्ण मण्डल, निलम कुमारी यादव, मालादेवी साह, जिवछ मण्डल, जगरुप यादव, पंचदेव मण्डल, श्याम नारायण मण्डल, सुकदेव मुखिया, मदन खंग, तिलक राम मोची र नारायण प्रसाद साह लगायत निर्वाचित भएका छन् । 
    यस्तै झा समुहबाट सदस्य पदमा बैजनाथ साह, चन्द्रकला देवी दास, विजय गुप्ता, सचिदानन्द दास, संजिता देवी चौधरी, लक्षमण दास, जगदिश प्रसाद यादव, राम कुमार यादव, बच्चायी यादव लगायत निर्वाचित भएका छन् । 
    अगामी दिनमा पार्टीको क्षेत्रिय, जिल्ला, प्रदेश र प्रतिनिधी सभा क्षेत्रको प्रतिनिधीको पनि निर्वाचन हुदैछ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?