प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 

राजविराज राजविराज
|
शुक्रबार, पौष २, २०७८
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान 

सारांश

  •     बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ दिने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
  • उक्त रकम विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि खर्च गरिने उनले बताए ।
  •       यस्तै प्रदेशमा रहेका सबै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णयसमेत प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २ पुस । 
    प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ । 
    बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ दिने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उक्त रकम विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि खर्च गरिने उनले बताए । 
    यस्तै प्रदेशमा रहेका सबै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णयसमेत प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी दिए । 
    मन्त्रिपरिषद्ले बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालनको जिम्मा पाएको समाजिक विकास मन्त्रालयले तयार गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ भने बन्द रहेको छोरी बिमा अभियानलाई पुनः संचालन गर्ने निर्णय गरेको छ ।
    उक्त विश्वविद्यालयको कार्यालय उद्घाटन सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच जसपाका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित
सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भत्ताको वितरणमा अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
सात लाख १० हजार  नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
ल्यावमा तोडफोड, एक जना पक्राउ
ल्यावमा तोडफोड, एक जना पक्राउ
कुखुरा फर्ममा आगलागीहुँदा एक हजार दुई सय कुखुरा मरे 
कुखुरा फर्ममा आगलागीहुँदा एक हजार दुई सय कुखुरा मरे 
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा