राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक

राजविराज राजविराज
|
बुधबार, पौष ७, २०७८
|
|
२२ पटक हेरिएको
Shares
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक

सारांश

  • ती नाराहरु मनन् गर्दै सर्वसाधारणप्रति उत्तरदायित्व बहन गर्नु पर्नेमा सप्तरी सदरमुकाम राजविराजमा ट्राफिक प्रहरीले मनपरी ढंगले दुःख दिने गरेको गुनासो बढ्न थालेको हो ।
  • घटना हो, बुधबार बिहान करिब ९ बजेको ।
  •  राजविराज–रुपनी सडक खण्डमा ट्राफिक प्रहरीले आफ्नो नियमित चेकजाँचलाई औपचारिकता दिइरहेका थिए ।

नवीनकुमार गुप्ता
राजविराज, ७ पुस । 

प्रहरीलाई नागरिकमैत्री बनाउनकालागि नेपाल प्रहरीले ‘मुस्कानसहितको प्रहरी सेवा’ सुरु गरेको वर्षौ भइसक्दा पनि अझैं कार्यान्वयनमा आएको छैन् । ‘मुस्कानसहितको प्रहरी सेवा’ मात्रै होइन्, नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ लगायतका नारा पनि नागरिकमैत्री बन्नैका लागि ल्याएको हो । तर, ती सबै नाराहरु नेपाल प्रहरी मातहतमै रहेको ट्राफिक प्रहरीले कागजमै सीमित राखेको गुनासो बढ्न थालेको छ । 
ती नाराहरु मनन् गर्दै सर्वसाधारणप्रति उत्तरदायित्व बहन गर्नु पर्नेमा सप्तरी सदरमुकाम राजविराजमा ट्राफिक प्रहरीले मनपरी ढंगले दुःख दिने गरेको गुनासो बढ्न थालेको हो । घटना हो, बुधबार बिहान करिब ९ बजेको ।

 राजविराज–रुपनी सडक खण्डमा ट्राफिक प्रहरीले आफ्नो नियमित चेकजाँचलाई औपचारिकता दिइरहेका थिए । मोटरसाइकल चालकलाई रोकेर आवश्यक कागजातहरु माग गर्दै नभएकाहरुलाई जरिवाना काट्न लागिपरेको थियो । यसैबीच बच्चाहरुलाई स्कुल पु¥याउन हिडेका एक स्थानियहलाई राजविराज ट्राफिक प्रहरीका सई बिनोद कुमार साहले मोटरसाइकल रोकी लाइसेन्स र ब्लुबुक माग गरे । बच्चाहरुलाई विद्यालय पु¥याउन हतार भइरहेको बेला ती यूवकले भने, “स्कुल पु¥याउन ढिलो भइरहेको छ, स्कुल पु¥याएर आएर पुनः कागजातहरु दिन्छु ।” तर असई साहले भने, “लाइसेन्स र ब्लुबुक दिनुस् ।” त्यसपछि लाइसेन्स नविकरणको रसिद दिएपछि त्यो मान्य नहुने भन्दै असई साहले त्यसलाई प्रमाणित हुने अर्को कागजात देखाउन आग्रह गरेपछि ती यूवकले नविकरण फेल भएको लाइसेन्स देखाए । यसको अर्थ यातायात विभागले नविकरणका लागि दिएको रसिदको मान्यता नहुने प्रष्ट भएको छ । 
यस्तै अर्को घटना केही दिन अघि मात्र    राजविराजस्थित रुपनी मोडमा भएको छ । त्यहा एक महिला ट्राफिक प्रहरीले एक मोटरसाइकल चालकलाई आफ्नो जुत्ता खोलेर हिर्काउन लागेको भिडियो सामाजिक संजालमा निकै भाइरल भएपछि ट्राफिक प्रहरीको आक्रमक व्यवहार पुष्टि भएको छ । जस्तोसुकै अवस्थामा बादविवाद भएपनि कुनै पनि सरोकारवाला निकायका कर्मचारी त्यसमा पनि ट्राफिक प्रहरीले सार्वजनिक रुपमा जुत्ता हिर्काउनु कतै पनि जायज नरहेको स्थानियहरु बताउछन् । यो घटनाले एउटा गम्भिर प्रश्न उब्जाएको छ भने ट्राफिकप्रतिको विश्वास गुमेको सर्वसाधारणको बुझाई छ । 

यता एउटा पत्रकारले ट्राफिक प्रहरीले मोटरसाइकल चेकजाच गर्दै गरेको कुरालाई संचारमाध्यमबाट उजागर गर्न खोज्दा सोही चेकजाचका क्रममा ट्राफिक प्रहरीका सई मोहनलाल चौधरीले असभ्य भाषाको प्रयोग गर्दै फोटो खिच्न नपाइने भन्दै पत्रकारमाथि जाई लागेका थिए । उनले दृश्य खिच्न अनुमति चाहिने भन्दै अडान दोहोराए । तर, कुनै पनि सार्वजनिक स्थलमा हुने गतिविधीलाई संचारकर्मीले समाचार प्रयोजनका लागि सहजै रुपमा तस्बिर खिच्न पाउने मान्यता रहेको छ । तर, सो कार्यमा अवरोध सिर्जना गर्नु ट्राफिक प्रहरीको नियत नै गलत देखिएको नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सह–सहचिव चन्दन कुमार यादवले बताए । ‘प्रहरीले सार्वजनिक स्थलमा नियमित काम कारवाही गरिरहदा पत्रकारले पनि आफ्नो नियमित कामकाज गर्न पाउनुपर्छ तर त्यसमा अवरोध खडा गर्नु सरासर गलत हो’ उनले भने–‘अविलम्व ट्राफिक प्रहरीले यस्ता कार्यमा सुधार गर्नु जरुरी छ ।’ 
ट्राफिक प्रहरीको सई जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले आफ्नो आचारण, व्यवहार र बोली सुधार्नु आवश्यक रहेको सह–सचिव यादवको कथन छ । यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले घटना बारे बुझने कार्य भइरहेको प्रतिक्रिया दिदै, “हामीलाई पनि ट्राफिक प्रहरीका धेरै गुनासोहरु आइरहेको छ, ती गुनासोहरु बारे आवश्यक कुरा बुझ्नका लागि ट्राफिक इन्चार्जसँग समन्वय गर्दैछौं ।” 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउन सुगरसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित एक युवक पक्राउ
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
वेवारिसे मोटरसाइकल र साडी बरामद
वेवारिसे मोटरसाइकल र साडी बरामद
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी बदर
बीच सडकमै लाग्ने हाट बजार हटाइयो
बीच सडकमै लाग्ने हाट बजार हटाइयो
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुरका अध्यक्ष, लेखापालसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह