उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत

राजविराज राजविराज
|
बिहिबार, माघ १३, २०७८
|
|
१८ पटक हेरिएको
Shares
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत

सारांश

  •     सप्तरी उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण समारोहमा बिहीबार राजविराजमा बोल्दै उनले मुलुकको समृद्धि सँगसँगै उद्योग व्यवसायीको विकासका लागि नीजि क्षेत्रको पनि अहम भूमिका रहेको बताए ।
  •       प्रदेश सरकारको तर्फबाट नीजि क्षेत्रका उद्योगि व्यवसायीको आकर्षणका लागि लिजमा जग्गा उपलब्ध गराउने विषय ऐनमा समावेश गरिने बताउदै उनले स्थापना भएका उद्योग क्षेत्रलाई “नो स्ट्राइक जोन” घोषणाका साथै सुरक्षा व्यवस्थाका र विद्युतमा सहुलियत दिने कुरा ऐनमा समावेश गरिने उल्लेख गरे ।
  •     मुख्यमन्त्री राउतले विभिन्न कठिनाई पश्चात् प्रदेशको उद्योग ऐन ल्याइसकिएको र अब छिट्टै सो सम्बन्धमा नियमावली पनि पारित गर्ने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १३ माघ । 

    मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योग व्यवसायीको विकासका लागि लगानीमैत्री नीति र वातावरण आवश्यक रहेको बताएका छन् । 
    सप्तरी उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण समारोहमा बिहीबार राजविराजमा बोल्दै उनले मुलुकको समृद्धि सँगसँगै उद्योग व्यवसायीको विकासका लागि नीजि क्षेत्रको पनि अहम भूमिका रहेको बताए । 
    प्रदेश सरकारको तर्फबाट नीजि क्षेत्रका उद्योगि व्यवसायीको आकर्षणका लागि लिजमा जग्गा उपलब्ध गराउने विषय ऐनमा समावेश गरिने बताउदै उनले स्थापना भएका उद्योग क्षेत्रलाई “नो स्ट्राइक जोन” घोषणाका साथै सुरक्षा व्यवस्थाका र विद्युतमा सहुलियत दिने कुरा ऐनमा समावेश गरिने उल्लेख गरे ।
    मुख्यमन्त्री राउतले विभिन्न कठिनाई पश्चात् प्रदेशको उद्योग ऐन ल्याइसकिएको र अब छिट्टै सो सम्बन्धमा नियमावली पनि पारित गर्ने जानकारी दिए । 
    कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आगामी दिनमा प्रदेश सरकारद्वारा स्वदेशमै आर्गेनिक मलको उत्पादन गर्ने तयारी समेत अघि बढेको जानकारी दिए । उनले उत्पादित मल किसानलाई ५० देखी ७५ प्रतिशतसम्म अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए । 
    निजि क्षेत्रलाई प्रोत्साहन गर्न प्रदेश सरकारले छिट्टै लगानी मैत्री सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिँदै अर्थमन्त्री साहले त्यसबाट प्रदेशमा उद्योग व्यवसायलाई फस्टाउने विभिन्न योजना तयार गरिने बताए ।
    निवर्तमान अध्यक्ष अरुण प्रधान र नवनिर्वाचित अध्यक्ष लालु प्रसाद अग्रवालको पालैपालो अध्यक्षमा आयोजित समारोहमा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य गजेन्द्र भगत, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष मनोज मुन्धडा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, झापाका उद्योगि मोहन मित्तल, जसपा सप्तरीका अध्यक्ष केदार यादव लगायतले पनि शुभकामना दिँदै उद्योगि व्यवसायीहरुले भोग्नु परिरहेको समस्या र तीनको समाधान बारे आ–आफ्नो सुझाव दिएका थिए । 
    सोही कार्यक्रममा मुख्यमन्त्री राउतले अन्तर्राष्ट्रिय खेलाडी उमेश कुमार यादव, होटल व्यवसायी सम्पत कोइलारा र पत्रकार बैजनाथ झालाई कदरपत्रसहित सम्मान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास
कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति
कोेरोनाको जोखीमका बीच मुश्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ति
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
अख्तियारले अनुगमन थालेपछि धमाधम होमपाइप जडान हुँदै
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
कावा नगर प्रमुखले मागहरु जायज रहेको स्वीकार्दै समाधान गर्ने प्रतिबद्धता जनाएपछि बीचमै रोकिए बिरोध प्रदर्शन
कावा नगर प्रमुखले मागहरु जायज रहेको स्वीकार्दै समाधान गर्ने प्रतिबद्धता जनाएपछि बीचमै रोकिए बिरोध प्रदर्शन
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह